Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

डेंगु नियन्त्रण गर्न नसक्ने सरकारसंग अरु के अपेक्षा गर्नु ? : नेता बानियाँ

71373554_1300818973406740-1568816744.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले दुईमहिनादेखि संक्रमणको रुपमा फैलिरहेको डेंगु नियन्त्रण गर्न नसक्ने कम्युनिष्ट सरकारसंग केही अपेक्षा गर्न नसकिने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र २ ख को मनहरी गाउँपालिकामा आयोजना गरिएको दोश्रो जागरण अभियानअन्तर्गत गाउँपालिकास्तरीय अन्तरक्रियामा बोल्दै नेता बानियाँले अहिलेको सरकार जनताको स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा पनि आँखा चिम्लेर बसेको उल्लखे गर्दै कसरी र कुन बाटोबाट हुन्छ रकम कुम्ल्याउने भन्नेमै लागिपरेको आरोप लगाए ।
नेता बानियाँले विगत दुईवर्षदेखि कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलाप र झुठो आश्वासनको भण्डाफोर गर्दै गाउँ गाउँ पुग्न कार्यकर्तालाई आग्रह गरे । 
प्रतिनिधिसभा २ को ख का क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नयाँशक्ति पार्टीका जिल्ला सदस्य गोपी बिकसहित नेकपा, राप्रपा लगाएतका पार्टी परित्याग गरि १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा जागरण अभियानकी केन्द्रीय प्रतिनिधि एवं ३ नम्बर प्रदेश प्रदेशसभा सदस्य गिता वाग्ले, कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामा, सल्लाहकार तथा मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्यहरु भीमसेन महत, नवराज सुवेदी, साविक मनहरी गाविस सभापति नारायण उप्रेती, मनहरी गाउँपालिका प्रमुखका उम्मेदवार शंकर न्यौपाने, महासमिति सदस्य रञ्जन कालाखेतीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लाका नेता तथा मनहरी गाउँपालिकाको ९ वटै वडाका स्थानीय नेता तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
 

70255426_747207372395442_-1568816748.jpg
70630438_1262648697192802-1568816866.jpg
70676345_766223810471515_-1568816869.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

थप समाचार