Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नेमकिपाको अध्यक्षमा पुनः विजुक्छे

Narayan1-1569304406.jpg

७ असोज, भक्तपुर । नारायणमान बिजुक्छे पुनः नेपाल मजदुर किसान पार्टीको अध्यक्ष चयन भएका छन् । नेमकिपाको भक्तपुरमा सम्पन्न सातौं महाधिवेशनबाट विजुक्छे पुनः अध्यक्षमा चयन भएका हुन् । 
सोमबार सम्पन्न महाधिवेशनले उनको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको सदस्यमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन रहेका छन् । 
त्यसैगरी, सदस्यहरुमा सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सैंजु, सरोजकुमार साह रहेका छन् । बैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव रहेका छन् ।

नारायणमान विजुक्छेको परिचय

नारायणमानको जन्म वि.सं. १९९६ साल फागुन २६ गते बागमती अञ्चलभक्तपुर जिल्लाको सुकुलढोका-५ मा भएको थियो। पिता गणेशमान बिजुक्छे र माता सूर्यमाया बिजुक्छेका एघार सन्तान (पाँच भाइ, छ दिदी-बहिनी) मध्ये उनी जेठा हुन्। उनले भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय एवम् भक्तपुर कलेजमा पढे। युवा अवस्थामै सक्रिय राजनीतिमा होमिएका बिजुक्छेले औपचारिक शिक्षाको रुपमा मानविकी शास्त्रको स्नातक परीक्षामा सम्मिलित भए तर स्नातक पुरा गरेनन्। राजनीति शास्त्र र अर्थशास्त्र दुवै विषयमा उनको चाख भएकाले उनले यी दुवै विषयमा अध्ययन गरे। उनको जन्म हिन्दू परिवारमा भएपनि उनी भौतिकवादी मान्यता राख्छन्। उनको विवाह रामेछाप जिल्लामा घर भएकी एक शिक्षककी छोरी शोभा प्रधानसँग २०४० सालमा भयो। रोहितका दुई छोराहरू छन्- सुवेग र सुवान ।

वि.सं. २०१०-११ सालमा गौरमा नेत्रदान कार्यक्रममा स्वयंसेवक भई काम गरेका उनले २०१२ सालमा रौतहट जिल्लाका बाढी पीडितहरूको सहायताका लागि कम्युनिष्ट पार्टीको र्‍यालीमा सहभागिता जनाएका थिए। यसबाट कम्युनिष्ट विचार प्रति आकर्षित भएका उनले २०१३ सालमा विद्यार्थी फेडरेशनको सदस्यता लिए र वि.सं. २०१७-१८मा युनियन (कलेज)को अध्यक्ष पदमा चुनिए। २०१५ सालताका मार्क्सवादी अध्ययनसर्कलमा संलग्न रही २०१६-१७मा भक्तपुर जिल्ला कमिटीको अध्यक्ष भए। वि.सं. २०१६ सालमा प्रतिकुल स्वास्थ्यस्थितिका कारण झण्डै १ वर्ष उनी उपचारार्थ चीनमा रहे । वि.सं. २०२१-२२ सालतिर पञ्चायती व्यवस्थाले चलाएको भूमिसुधार कार्यक्रम अन्तर्गत मोहीहरूले पाउनु पर्ने मोहीयानी हक दिलाउन बिजुक्छे र उनका कार्यकर्ताहरूले भक्तपुरमा निकै मेहनत गरेको थिए। वि.सं. २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे तत्कालीन पुर्वी पाकिस्तान (बङ्लादेश)माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलाल श्रेष्ठसँग मतभेद भएपछि २०३१ सालमा पुष्पलाल समूहबाट अलग भई २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएका छन्। पञ्चायती व्यवस्था विरुद्ध सङ्घर्षरत रहँदै उनले झन्डै १० वर्ष उच्च भूमिगत जीवन बिताए र विं.स. २०३६ सालको जनमतसङ्ग्रह पश्चात नेपालमा आएर राजनीतिक यात्रा जारी राखे। भारतमा भूमिगत जीवन बिताउँदा उनले प्रवासी नेपाली विद्यार्थीहरू मार्फत कर्णाली अञ्चलमा बलियो सङ्गठन बनाएका थिए। २०४५ सालमा पञ्चायती सरकारले ह्योजू काण्डमा बिजुक्छे लगायत नेपाल मजदुर किसान पार्टी (तत्कालिन नेमकिसंघ)का ६५ जना नेता-कार्यकर्ताहरूमाथि फाँसीको सजाय माग गर्दै ज्यान-मुद्दा चलाएको थियो। देशमा बहुदलीय व्यवस्थाको बहाली पश्चात सो मुद्दा खारेज भई करिब २० महिनाको जेल जीवन पछि उनी लगायत सबै रिहा भए। बिजुक्छे वि.सं. २०४८को आम निर्वाचन, २०५१को मध्यावधि र २०५६को आम निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। वि.सं. २०६४ र २०7० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएर उनी हाल व्यवस्थापिका सदस्यका रुपमा कार्यरत छन्। भक्तपुर शहरलाई सफा, पर्यटकीय बनाउन बिजुक्छे नेतृत्वको टिमको महत्वपूर्ण योगदान रहेको तथा ख्वपः कलेजको निर्माण, संचालन जस्तो कामले दिएको जशका कारण भक्तपुरको मुख्य शहरमा नेपाल मजदुर किसान पार्टीको पकड देखिँदै आएको छ ।

साभार : विकिपेडिया


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार