Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सरकार असफल हुँदा व्यवस्था विरोधी सक्रिय भए : बानियाँ

Nepali-Congress-1569331506.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकार असफल भईरहँदा व्यवस्था विरोधीहरु सक्रिय बताएका छन् । 
सरकारले जनविश्वास गुमाएको र यहि मौका छोपी संघीयता र लोकतान्त्रिक गणतन्त्र विरोधी तत्व सक्रिय भएको भन्दै उनले व्यवस्थालाई जोगाई राख्न कांग्रेसले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको मंगलबार हेटौंडामा समापन गर्दै उनले संघीयता र लोकतान्त्रिक गणतन्त्र जोगाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै उनले कम्युनिष्ट सरकार यसप्रति जिम्मेवार नदेखिएको बताए । 
उनले देशमा भ्रष्टाचार, महंगी, बलात्कार लगायतका दर्जनौ काण्ड हुँदा समेत वर्तमान सरकारले घटनाका दोषीलाई कारवाही नसक्दा जनतामा निरासा बढेको बताए । जनताको भरोसा जित्न नसकेको अहिलेको ओली सरकारको विकल्प कांग्रेसको भोलीको सरकार हुनेमा ढुक्क रहन जनतालाई बानियाँको भनाई थियो । कांग्रेसको जिम्मेवार प्रतिपक्षको भूमिकालाई कमजोरी नसम्झन सरकारलाई चेतावनी दिंदै उनले ओली नेतृत्वको सरकारको गलत काम जनतासम्म पुर्याउन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।
नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवं प्रदेशसभा सदस्य गिता वाग्ले, केन्द्रीय प्रतिनिधिहरु ऋषिराम घिमिरे, प्रेमचन्द्र दाहाल, कांग्रेस मकवानपुर सचिव बुद्ध लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्वसांसद राजाराम स्याङ्तानका भाई दलबहादुर स्याङ्तान र नेकपा मनहरी गाउँपालिका–५ का सदस्य हिरालाल पाख्रिन नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । यसअघि, कांग्रेस जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध ¥याली हेटौंडाको कान्तिराजपथ, स्कुलरोड, सीमा चोक हुँदै बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

Nepali-Congress1-1569331507.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार