७ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पस र दक्षिण कोरिया पुसानको योङसान कलेजबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
शुक्रबार भएको कार्यक्रममा बंशगोपाल बहुमुखी क्याम्पसका प्रमुख अर्जुनप्रसाद चौंलागाई र योङसान कलेजका प्राध्यापक डा.किमसाङ ओजीबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार आगामी दिनहरुमा दुई कलेजबीच संस्कृति तथा विभिन्न सहयोगी शिक्षकहरु र शैक्षिक उन्नतिको लागि सहयोग आदानप्रदान गरिने भएको छ ।
कार्यक्रममा योङसान कलेजका प्राध्यापक डा.किमलाई बंशगोपाल क्याम्पसको मानार्थ प्राध्यापकमा नियुक्ति गरेको छ । कार्यक्रममा बंशगोपाल क्याम्पसका जहेन्दार, मेहेनती र विपन्न वर्गका बिद्यार्थीहरुलाई छात्रबृति दिने उद्देश्यले क्याम्पसका सल्लाहकार नवराज अर्यालले एक लाख र समिति सदस्यद्वय गुरुप्रसाद सापकोटा, गणेशप्रसाद दुलालबाट ५०/५० हजार रूपैयाँ गरी दुई लाखको अक्षय कोष स्थापना गर्ने भएको छ ।
यसैगरी हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरले सोह्र हजार रूपैयाँ बराबरको ४० थान पुस्तक सहयोग गरेका छन् भने चौघडामा आयु पोलिक्लिनिकले विद्यार्थीलाई एकबर्षका लागि प्राथमिक उपचार सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी, महायज्ञमा दिने भएको रकम एक लाख रूपैयाँ पुर्णभद्र चौंलागाईले हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा किम हे माइग्रेन हाउसका संस्थापक तथा कोरिया युथ सपोर्ट फाउण्डेसन नेपालका अध्यक्ष यज्ञराज सुबेदी, एसियन फेडेरेशन फोरमका कार्यकारी प्रमुख सिद्धी बराल, पूर्व अध्यक्ष बालकृष्ण चौंलागाई, क्याम्पस सल्लाहकार त्रिविक्रम मानन्धर, बंशगोपाल माविका विव्यस अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, प्रअ रमेशप्रसाद लामिछाने, क्याम्पस उपाध्यक्ष कृष्णप्रसाद सन्जेल, सदस्यहरु साधुराम चौंलागाई, गुरुप्रसाद सापकोटा, गीता सापकोटा, गणेशबहादुर दुलाल, चण्डिका माविका प्रअ दासरथी उपाध्याय तथा क्याम्पसका शिक्षक, कर्मचारी, अभिभावक, बिद्यार्थीलगायतको उपस्थिति थियो ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















