Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्ता गैरकानुनी: सर्वोच्च अदालत

IMG_20191018_221944-1571416509.jpg

१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका पधिकारीले लिइरहेको तलब र भत्तालाई गैरकानुनी ठहर गरेको छ। प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज निर्णय सुनाउँदै स्थानीय तहका पदाधिकारीले लिइरहेको पारिश्रमिक, तलब, सेवा सुविधासम्बन्धी कानून बदर गर्ने फैसला सुनाएको हो ।

प्रदेशसभाले बनाएका सेवासुविधासम्बन्धी ऐनका प्रावधान संविधानको धारा २२० को (८) र धारा २२७ सँग बाझिएका हुनाले प्रदेश-१ बाहेक छ वटै प्रदेशसभाले लागू गरेका सुविधा पाउने ऐनका दफा ३ को अनुसूची बदर भएको अदालतले जनाएको छ । प्रदेश १ बाहेक अरु छ वटै प्रदेशले  गाउँ/नगरपालिकाका प्रमुख उपप्रमुख, वडाअध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखले सेवा सुविधा तथा पारिश्रमिक ऐन बनाएर मासिक रूपमा तलब लिँदै आएका थिए।

अधिवक्ता लोकेन्द्र बहादुर ओलीले गत भदौ १ गते सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणासहित ५ न्यायाधीशको संवैधानिक इजलासले ६ प्रदेशका स्थानीय तहका प्रतिनिधिले लिँदै आएको पारिश्रमिक संविधान विपरित भएको भन्दै रोक्न भनेको हो। भदौ ६ गते अदालतको संवैधानिक इजलासले संविधानविपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुका कारण सोधेको थियो ।

नेपालको संविधानको २२०(८) र धारा २२७ मा रहेको स्थानीय तहका जनप्रतिनिधिले सुविधा लिन पाउने भन्ने व्यवस्थाको गलत व्याख्या गरी प्रदेश नं २, प्रदेश नं ३, गण्डकी प्रदेश प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाले मासिकरुपमा तलब, ज्याला, पारिश्रमिकसहित सुविधा लिन पाउने ऐन जारी गरेर लागू गरेको निवेदनमा उल्लेख थियो ।

सर्वोच्च अदालतको सो फैसलासँग साढे २९ हजार स्थानीय जनप्रतिनिधि सुविधाविहीन भएका छन् ।

# जनप्रशासनबाट 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

थप समाचार