Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

आलममाथिको अनुसन्धानमा कांग्रेसले सहयोग गर्छः देउवा

deuwa_NkJmaTSimp-1571494141.jpg

२ कात्तिक, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्या अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलममाथिको मुद्दामा गरिने अनुसन्धानमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने प्रक्रियालाई कांग्रेसले सहयोग गर्ने बताएका हुन् ।
उनले नेपाली कांग्रेस कानुनी राज्यमा विश्वास गर्ने भएकाले कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने प्रस्ट पारेका छन् ।
आफताव आलममाथिको मुद्दामा कुनैपनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग गर्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा सभापति देउवाले घटना भएको १२ वर्षपछि सरकारले आलमलाई पक्रिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
उनले सरकारले षड्यन्त्रमूलक ढंगले नियतबस कांग्रेसका नेता–कार्यकतालाई फसाउन खोजिएको बताएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg