१४ कार्तिक, जनकपुर। धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो। झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन्।
क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार काङ्ग्रेस क्षेत्र नं ४ ले छठपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमपश्चात् समाजवादी पार्टी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको हो। कार्यक्रमपश्चात् टेन्टको सामान ओसारपसार गर्ने क्रममा सामान्य विवाद उत्पन्न भई झडपमा परिणत हुँदा नौ जना घाइते भएको इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनाएको छ।
कार्यक्रमको लागि लगाइएको टेन्टको सामान पुर्याउने क्रममा भएको झडपमा रामहृदय यादव, सुकदेव यादव, रामबहादुर यादव, अमरेशकुमार यादव, श्याम यादव, उमेश यादव, सन्तोष यादवलगायतका व्यक्ति घाइते भएका छन्। झडपमा परी घाइते भएकाको रमदैयास्थित रहेको जानकी मेडिकलमा उपचार भइरहेको छ भने सामान्य घाइते स्थानीय क्लिनिकमा उपचारपश्चात् घर फर्किसकेका छन्। इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमिर दाहालले कुनै पक्षका अहिलेसम्म उजुरी नपरेको बताए। रासस
७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...
७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...
५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...
५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
२४ चैत, हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै छ । हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा...
२४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय...
१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को आयोजनामा हुँदै आएको शुभकामना दौड...
२४ चैत, हेटौंडा । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई...
२६ चैत, हेटौंडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । रास्वपाको केन्द्रीय...
२५ चैत, हेटौंडा । अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज ‘सुरक्षित मार्ग’ उपलब्ध गराउने...


















