२० कार्तिक, हेटौंडा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।
भारतले कालापानी र लिपुलेकलाई पनि आफ्नो भुभाग दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेको छ। जसको नेपालमा चर्काे विरोध भएको छ। यसैक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत दिल्लीबाट जारी नयाँ नक्साप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै शर्माले भनेका छन्, ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी गरोस्। नेपाली माटोका बारेमा कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ ।’
त्यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले भारतीय नक्साबारे नेपालको धारणा बनाउन सर्वदलीय बैठक बोलाउनुपर्ने बताएका छन्। रावलले ट्वीटरमा सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माध्यमबाट पहल गर्न सरकारलाई सुझाव दिएका छन् ।
उनले लेखेका छन, ‘नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ। यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माधयमबाट तत्काल कुरा गरिनुपर्छ । भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।’
यसअघि राप्रपाले पनि विज्ञप्ति जारी गरेर नयाँ नक्साबारे तत्काल कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको थियो । (समाचार नागरिक न्युजमा छ)
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

