२६ कार्तिक, हेटौँडा । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस मकवानपुरको संयोजनमा हेटौँडामा मंगलबारबाट २ दिने प्रशिक्षण कार्यक्रम शुरु हुँदैछ ।
पल्पसा सभागृहमा शुरु हुने प्रशिक्षण कार्यक्रमको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भएका हुन् । कार्यक्रममा देउवासंगै बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरुको समेत उपस्थिति रहनेछ ।
प्रशिक्षणमा ३ नम्बर प्रदेश अन्तरगतका ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहने सोमबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बताए । प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका २ सय भन्दा बढि प्रतिनिधिको सहभागिता रहने जनाईएको छ ।
सहभागीलाई प्रतिष्ठानका प्रमुख नीधि, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्षहरु डा.गोविन्द पोखरेल, डा.जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, प्रतिष्ठानका सदस्यहरु डा. आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजिकरण गर्ने जनाईएको छ ।
१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा...
१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका...
१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते...
१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा...
१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको...
१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको...
३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति...
३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको...
३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...
२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...
२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको...