Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

देशमा एकदलीय तानाशाही लाद्ने खतरा : निधि

20191113_140213-1573639571.jpg

२७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमार सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक प्रणाली अनुसार काम नगरेको बताएका छन् ।
नेपाली कांगेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौँडामा गरेको प्रशिक्षण कार्यक्रम समापन गर्दै नेता उपसभापति निधिले वर्तमान सरकारले संवैधानिक व्यवस्था अनुसार काम नगरेको बताए । सरकारको कार्यशैली हेर्दा एकदलीय तानाशाही लाद्ने खतरा रहेको उनको भनाई थियो ।
उनले संवैधानिक प्रणालीलाई कमजोर पार्ने, राज्यका अंगहरुमाथि नियन्त्रण गर्न खोज्ने, सी विचारधाराबारे प्रशिक्षण चलाउने लगायतका गतिविधिले देशलाई अधिनायकवादतर्फ उन्मुख गराउन खोजेको प्रष्ट हुने उनको भनाई थियो । उनले यस्ता अधिनायकवादी चरित्रबारे जनतालाई बेलैमा सुचित गर्न प्रशिक्षण कार्यक्रम गरिएको बताए । प्रशिक्षण विभागका प्रमुख समेत रहेका निधिले नेपाली कांग्रेसले अब क्रियाशिल सदस्यहरुका लागि प्रशिक्षण अनिवार्य गरेकाले अब तल्लो तहसम्म प्रशिक्षण संचालन गर्दै सरकारको गलत कार्यबारे कांग्रेसका सदस्य र जनतालाई सुसुचित गर्न आग्रह समेत गरे । नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोतम दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रतिनिधिसभा सदस्य एवं नेपाल महिला संघकी सभापति उमा रेग्मी, नेपाली कांग्रेसकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले, प्रदेशसभा सदस्यहरु नरोत्तम बैद्य, सन्तबहादुर चेपाङ, विजुला बर्मा, प्रभात तामाङ लगायतको सहभागिता रहेको थियो ।
२ दिने प्रशिक्षणमा रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार