२७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमार सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक प्रणाली अनुसार काम नगरेको बताएका छन् ।
नेपाली कांगेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौँडामा गरेको प्रशिक्षण कार्यक्रम समापन गर्दै नेता उपसभापति निधिले वर्तमान सरकारले संवैधानिक व्यवस्था अनुसार काम नगरेको बताए । सरकारको कार्यशैली हेर्दा एकदलीय तानाशाही लाद्ने खतरा रहेको उनको भनाई थियो ।
उनले संवैधानिक प्रणालीलाई कमजोर पार्ने, राज्यका अंगहरुमाथि नियन्त्रण गर्न खोज्ने, सी विचारधाराबारे प्रशिक्षण चलाउने लगायतका गतिविधिले देशलाई अधिनायकवादतर्फ उन्मुख गराउन खोजेको प्रष्ट हुने उनको भनाई थियो । उनले यस्ता अधिनायकवादी चरित्रबारे जनतालाई बेलैमा सुचित गर्न प्रशिक्षण कार्यक्रम गरिएको बताए । प्रशिक्षण विभागका प्रमुख समेत रहेका निधिले नेपाली कांग्रेसले अब क्रियाशिल सदस्यहरुका लागि प्रशिक्षण अनिवार्य गरेकाले अब तल्लो तहसम्म प्रशिक्षण संचालन गर्दै सरकारको गलत कार्यबारे कांग्रेसका सदस्य र जनतालाई सुसुचित गर्न आग्रह समेत गरे । नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोतम दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रतिनिधिसभा सदस्य एवं नेपाल महिला संघकी सभापति उमा रेग्मी, नेपाली कांग्रेसकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले, प्रदेशसभा सदस्यहरु नरोत्तम बैद्य, सन्तबहादुर चेपाङ, विजुला बर्मा, प्रभात तामाङ लगायतको सहभागिता रहेको थियो ।
२ दिने प्रशिक्षणमा रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

