Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

गलत गर्नेलाई राजनैतिक संरक्षण हुँदैन : मन्त्री जम्कट्टेल

Freedom-Forum-1573712272.jpg

२८ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
फ्रिडम फोरमले विहिबार हेटौँडामा गरेको पत्रकारिता सुरक्षा र दण्डहिनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले नेपाली पत्रकारिता क्षेत्रले विगतमा जनताको पक्षमा कमल चलाएको भन्दै यसको निरन्तरताको लागि आग्रह गरे । उनले देशमा भएका हरेक परिवर्तनमा नेपाली संचारजगतको भुमिका महत्वपूर्ण रहेको बताए ।
उनले जनताको राज्य सत्तासम्म पहुँच नभएको भन्दै पहुँच अभिबृद्धिमा भुमिका खेल्नुपर्नेमा जोड दिए । गलत गर्नेलाई राजनीतिक संरक्षण नरहने भन्दै गलत गर्नेका विरुद्ध कलम चलाउन समेत उनले आग्रह गरे । उनले संचारजगत आग्रह र पूर्वाग्रहबाट प्रेरित हुन नहुने समेत सुझाव दिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष सरिता दाहाल, उच्च सरकारी वकिल कार्यालयका रमेश भट्टराई, उच्च अदालत बार एशोसियसनका अध्यक्ष युवराज वली, फ्रिडम फोरम प्रदेश संयोजक राममणी दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी संचारकर्मीहरुले दण्डिहिनताको अन्त्यसंगै सुरक्षित पत्रकारिता गर्न सकिने बताएका थिए ।
कार्यक्रम फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा देशभर ९७ वटा प्रेस स्वतन्त्रता विरुद्धका गतिविधि भएकोमा ३ नम्बर प्रदेशमा ३८ वटा घटना रहेको उल्लेख गरिएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg