Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

गलत गर्नेलाई राजनैतिक संरक्षण हुँदैन : मन्त्री जम्कट्टेल

Freedom-Forum-1573712272.jpg

२८ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
फ्रिडम फोरमले विहिबार हेटौँडामा गरेको पत्रकारिता सुरक्षा र दण्डहिनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले नेपाली पत्रकारिता क्षेत्रले विगतमा जनताको पक्षमा कमल चलाएको भन्दै यसको निरन्तरताको लागि आग्रह गरे । उनले देशमा भएका हरेक परिवर्तनमा नेपाली संचारजगतको भुमिका महत्वपूर्ण रहेको बताए ।
उनले जनताको राज्य सत्तासम्म पहुँच नभएको भन्दै पहुँच अभिबृद्धिमा भुमिका खेल्नुपर्नेमा जोड दिए । गलत गर्नेलाई राजनीतिक संरक्षण नरहने भन्दै गलत गर्नेका विरुद्ध कलम चलाउन समेत उनले आग्रह गरे । उनले संचारजगत आग्रह र पूर्वाग्रहबाट प्रेरित हुन नहुने समेत सुझाव दिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष सरिता दाहाल, उच्च सरकारी वकिल कार्यालयका रमेश भट्टराई, उच्च अदालत बार एशोसियसनका अध्यक्ष युवराज वली, फ्रिडम फोरम प्रदेश संयोजक राममणी दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी संचारकर्मीहरुले दण्डिहिनताको अन्त्यसंगै सुरक्षित पत्रकारिता गर्न सकिने बताएका थिए ।
कार्यक्रम फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा देशभर ९७ वटा प्रेस स्वतन्त्रता विरुद्धका गतिविधि भएकोमा ३ नम्बर प्रदेशमा ३८ वटा घटना रहेको उल्लेख गरिएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार