File Photo
२ मंसिर, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ । महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भैसकेको छ ।
कानुनअनुसार गम्भीर प्रकृतिको मुद्दामा अदालतमा लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। जबर्जस्ती करणी गम्भीर खालको मुद्दा भएकाले लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था गरिएको हो। लामो समय भएमा मुद्दाका पीडित, साक्षीले विभिन्न कारणले बकपत्र फेर्ने सम्भावना हुने भएकाले कानुनमा मुद्दाको लगातार सुनुवाइको व्यवस्था गरिएको हो।
मुद्दाको प्रक्रियाअनुसार पीडित, साक्षी, भौतिक प्रमाण परीक्षणका रिपोर्ट लिई अदालतले अध्ययन गर्नुपर्छ। लगातार सुनुवाई हुनुपर्ने व्यवस्था भए पनि उपनिर्वाचनका कारण सुनुवाइ प्रक्रिया केही ढिलो हुने भएको जिल्ला अदालतले बताएको छ। देशभरका विभिन्न स्थानमा रिक्त रहेका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा र स्थानीय तहमा यही मंसिर १४ मा उपनिर्वाचन हुँदैछ। ‘उपनिर्वाचनको कारणले मुद्दाको सुनुवाइ केही ढिलो भएको छ,’ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले भने, ‘मुद्दामा मंसिर २९ मा बकपत्र तोकिएको छ।’
घरेलु हिंसा, जबर्जस्ती करणीलगायत गम्भीर खालका मुद्दा छिटो प्रक्रियामा लैजान लगातार सुनुवाइको व्यवस्था गरिएको हो। महराको मुद्दामा विभिन्न साक्षीलाई उपस्थित बनाउने काम हुने भएकाले पनि केही समय लाग्ने अदालतले जनाएको छ।
कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योग अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश गरेको थियो । देशको पाँचौं मर्यादाक्रम सभामुख पदबाट जबर्जस्ती करणी उद्योगसम्बन्धी आरोपमा मुद्दा दर्ता भइ पुर्पक्षका लागि अदालतले थुनामा पठाएका महरा पहिलो उच्चपदस्थ व्यक्ति हुन्। अदालतबाट मुद्दाको अन्तिम फैसला नहुन्जेल महरा थुनामै रहनेछन् ।
साभार : नागरिक न्यूज
२२ कार्तिक, हेटौंडा । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दोलखा...
२२ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश र कर्णाली...
२२ कार्तिक, काठमाडौँ। मुटुमा समस्या देखिएर भेन्टिलेटरमा उपचारार्थ नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद एवं...
२२ कार्तिक, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले बैंकिङ घुम्ती शिविर मार्फत ५ सय ३४ व्यक्तिलाई...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...
२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...
२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको...
९ कार्तिक, हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ।गृह मन्त्रालयले आइतबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१० कार्तिक, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ नयाँ बस्ती लच्कामा ग्यास बुलेटको...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१० कार्तिक, हेटौंडा । हेटौंडामा पनि छठ पर्व उल्लासका साथ मनाइएको छ । छठ ब्रतालुहरू अर्घ लिएर हेटौंडाको राप्ती...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डिआइजी)...













-1761633654.jpg)



