Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ३ मा सक्षम जनशक्ति नियुक्त हुन्छ : श्रेष्ठ

Sapath-Grahan-1574072947.jpg

२ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका नवनियुक्त प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सपथग्रहण गरेका छन् । कार्तिक २९ गते आयोग अध्यक्षमा नियुक्त भएका श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् ।
उनलाई प्रदेश प्रमुखको कार्यालय हेटौँडामा ३ नम्बर प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ गराएका थिए । सपथग्रहणपछि नवनियुक्त अध्यक्ष श्रेष्ठले ३ नम्बर प्रदेशमा निष्पक्ष ढंगले कर्मचारी व्यवस्थाको काम गर्ने बताए । दल वा निकटताका आधारमा कसैलाई पनि विभेद नहुने उनको प्रतिवद्धता थियो । प्रदेश नम्बर ३ मा सक्षम जनशक्ति नियुक्त हुने दावि समेत गरे । उनले रिक्त सदस्य पदमा पनि नियुक्तिका लागि पहल गर्ने बताए ।
कार्यक्रममा ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सरकारका पूर्वसचिव श्रेष्ठलाई मुख्यमन्त्री डोरमणी पौडेल संयोजक र सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको समितिले आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । समितिले सिफारिसपछि प्रदेश प्रमुखले उनलाई अध्यक्षमा नियुक्त गरेका थिए । आयोगको अध्यक्ष नियुक्त भएपनि दुई सदस्यको नियुक्ति भने बाँकी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786157739.jpg

२३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्याँसको अभाव छ कि छैन?: प्रसाईं
ramesh-prasadi_jKOjouRL88-1786105188.jpg

२२ साउन, हेटौंडा । रास्वपा पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको काम कारबाहीप्रति...

विपन्न समुदायको उत्थान प्रदेश सरकारको विशेष प्राथमिकता: बानियाँ
IMG-20260807-WA0003_edit_-1786092286.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...

राष्ट्रियसभाको बैठक सर्यो
rastriya-sabha-2-17677507-1786080863.jpg

२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
National-Examination-Boar-1786069100.jpg

२२ साउन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको...

तीनवटा संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1786067533.jpg

२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1786067190.jpg

२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...

देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786066914.jpg

२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...

धवल र दुर्गाको 'जय नेपाल पार्टी'
Screenshot_20260806_07003-1785978937.jpg

२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...

थप समाचार