२ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका नवनियुक्त प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सपथग्रहण गरेका छन् । कार्तिक २९ गते आयोग अध्यक्षमा नियुक्त भएका श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् ।
उनलाई प्रदेश प्रमुखको कार्यालय हेटौँडामा ३ नम्बर प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ गराएका थिए । सपथग्रहणपछि नवनियुक्त अध्यक्ष श्रेष्ठले ३ नम्बर प्रदेशमा निष्पक्ष ढंगले कर्मचारी व्यवस्थाको काम गर्ने बताए । दल वा निकटताका आधारमा कसैलाई पनि विभेद नहुने उनको प्रतिवद्धता थियो । प्रदेश नम्बर ३ मा सक्षम जनशक्ति नियुक्त हुने दावि समेत गरे । उनले रिक्त सदस्य पदमा पनि नियुक्तिका लागि पहल गर्ने बताए ।
कार्यक्रममा ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सरकारका पूर्वसचिव श्रेष्ठलाई मुख्यमन्त्री डोरमणी पौडेल संयोजक र सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको समितिले आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । समितिले सिफारिसपछि प्रदेश प्रमुखले उनलाई अध्यक्षमा नियुक्त गरेका थिए । आयोगको अध्यक्ष नियुक्त भएपनि दुई सदस्यको नियुक्ति भने बाँकी छ ।
३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...
३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...
३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...
३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...
२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय...
२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...
२५ फागुन, हेटौंडा । हेटौंडा-१ स्थित राप्ती खोलामा डुबेर हेटौंडा ५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार...
१९ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु...
२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने...
१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ।...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
१९ फागुन, हेटौंडा। हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...