५ मंसिर, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।
पूर्वमन्त्री रहिसकेका र वर्तमान मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्ने आकांक्षा साँचेका साहले यसबाट आफू लज्जित भएको प्रतिक्रिया दिएका हुन् ।
मन्त्रीका आकांक्षी साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेमा गूटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको गम्भीर आरोप लगाएका छन् । योग्यहरूलाई हटाएर अयोग्यलाई मन्त्री बनाइएको दावी पनि उनले गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा असन्तोष पोख्दै साहले लेखेका छन, ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’ । उनले अघि लेखेका छन, ‘मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’
सामान्य कम्युनिष्ट मूल्य मान्यतासमेत अवलम्बन नगरिएको आरोप लगाएका साहले प्रधानमन्त्रीको कदमबाट आफू लज्जित भएको समेत उल्लेख गरेका छन् ।
नेतृत्वप्रति ब्यंग्य गर्दै साह भन्छन, ‘योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लञ्जित भएका छौं’ ।
प्रधानमन्त्री ओलीले बुधबार राति ६ जनालाई मन्त्री र ३ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । (समाचार इमेज खबरमा छ)
२ माघ, हेटौंडा । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ । आयोगको...
२ माघ,हेटौंडा ।हेटौंडा १७ गौरीगाउॅंमा एक पुरष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान हेटौडा १७ गैरिगाउ...
२ माघ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो...
२ माघ, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध...
२ माघ, हेटौंडा । नेपालमा मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल देशका तराई भूभागका केही स्थानहरूमा...
२ माघ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागु...
१ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नु...
१ माघ, हेटौंडा । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन कागजातसहित पत्र...
१ माघ, हेटौंडा । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का...
२० पुस,हेटौँडा । मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । आइतबार साझॅं भिमफेदी कुलेखानी...
२१ पुस, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरी सडक अन्तरगत मकवानपुरको भीमफेदी-६ जुरीखेतमा भएको दुर्घटनामा...
१९ पुस, हेटौँडा । गत बिहिबार हेटौँडा ११ स्थित पुर्व पश्चिक राजमार्गमा चेकजाच गरिहेका एक ट्राफिक प्रहरीलाई...
२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो...
१९ पुस,हेटौँडा । नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको सातौँ स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ।...
१९ पुस,इलाम। शनिबार बिहान ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शनिबार बिहान ६ बजेर १३ मिनेटको समयमा...
२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा...
१९ पुस,हेटौँडा । नेपाल ज्योतिष परिषद् मकवानपुरमा ध्रुवप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको...
२४ पुस, हेटौँडा । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी २१ फागुनमा प्रस्तावित...
















