Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सरकार गठनप्रति समाजवादीमा विवाद

Samajbadi-1574487722.png

७ मंसिर, काठमाडौँ । सूचना नदिई मन्त्रालय फेरबदल गरिएको र राज्यमन्त्री हटाइएको विषयले असन्तुष्ट बने पनि त्यसैलाई कारण बनाएर सरकार तत्काल छाडिहाल्ने मनस्थितिमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देखिएका छैनन् ।
पार्टीकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने नैतिक रूपमा सरकारमा बस्न नहुने निष्कर्षमा पुगेको समाचार कान्तिपुरमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनमा यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन मन्त्रालयमा स्थानान्तरण गरिएको छ भने समाजवादीकै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको छ । यादव भारत भम्रणमा रहेका बेला मन्त्रालय फेरबदल र राज्यमन्त्री हटाइएको थियो ।
संविधान संशोधनमा सरकारको बेवास्ता र राजपासँग एकीकरणका कारण सरकार छाड्नुपर्ने दबाब पार्टीभित्र बढ्दै जाँदा मन्त्रिपरिषद्को पछिल्लो घटनाले यादवलाई नैतिक संकटमा पुर्‍याएको छ । तर यादव तत्काल सरकार छाड्ने पक्षमा नरहेको उनीनिकट पार्टी नेताले बताए । उनी भारतबाट शुक्रबार साँझ फर्किएका छन् ।
पार्टीका वरिष्ठ नेता अशोक राईले कुनै पनि घटनाबाट आवेगमा आएर निर्णय नहुने बताए । ‘मन्त्रिपरिषद् पुनर्गठन गर्ने, हटाउने, मन्त्रालय फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीमा निहित छ, तर गठबन्धन दल भएका नाताले प्रधानमन्त्रीले यस्तो महत्त्वपूर्ण निर्णयमा परामर्श गर्दा राम्रो हुन्थ्यो,’ राईले भने, ‘आवेगमा आएर निर्णय लिइहाल्ने पक्षमा हामी छैनौं ।’
नेता भट्टराई पक्षका नेताले भने एकरदुई दिनमै पदाधिकारी बैठक बसेर सरकार छाड्ने निर्णय लिन अध्यक्ष यादवलाई दबाब दिन थालेका छन् । यस विषयमा छलफल गर्न बिहीबार पार्टीका राजधानीमा उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको थियो ।
जसमा भट्टराईनिकट पदाधिकारीहरूको बाहुल्य थियो । ‘मन्त्री फेर्न पाउने अधिकार प्रधानमन्त्रीलाई भए पनि सत्ता साझेदार पार्टीसँग सल्लाह र सहमतिबिना भएको निर्णयलाई सकारात्मक रूपमा लिन सकिँदैन,’ भट्टराईनिकट एक नेताले भने, ‘संघीय परिषद् अध्यक्ष भट्टराई र केन्द्रीय समिति अध्यक्ष यादवसहित बस्ने पार्टीको बैठकले सरकारमा रहनेरनरहने विषयमा औपचारिक निर्णय गर्नेछ ।’
संघीय परिषद् अध्यक्ष भट्टराईले मन्त्रिपरिषद् पुनर्गठनलाई प्रधानमन्त्रीको स्वेच्छाचारी र निरंकुश प्रवृत्ति भनी टिप्पणी गरेका थिए । उनले पार्टीबाट सरकारमा नेतृत्व गर्ने उपप्रधानमन्त्री यादवसँग सल्लाह र परामर्श नै नगरी एकपक्षीय ढंगले भएको मन्त्रिपरिषद् पुनर्गठन गरिनु लोकतन्त्रको मान्यताविपरीत रहेको बताएका थिए ।
के सरकारबाट हट्ने मनस्थितिमा पार्टी पुगेकै हो भन्ने प्रश्नमा पार्टी महासचिव रामसायप्रसाद यादवले भने, ‘मनस्थितिले होइन, निर्णयले पार्टी चल्छ । अहिले त्यस्तो निर्णय भएको छैन । आवश्यक परे पार्टीको बैठक बसेर नै निर्णय हुन्छ ।’ समाजवादीबाट अहिले पार्टी अध्यक्ष यादव कानुन र नेता मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार