Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडा १९का तरुणले वडामा भएको अनियमितताको भण्डाफोर गर्ने

78325874_1014510035553797-1574528657.jpg

७ मंसिर,हेटौंडा। हेटौंडा–१९ मा भएका विभिन्न विकास निर्माणको काममा व्यापक अनियमितता भएको दावी गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले भण्डफोर अभियान सञ्चालन गर्ने भएको छ ।

शनिबार हेटौंडा–१९, मा भएको तरुण दलको वडा भेला तथा अधिवेशनले त्यसक्षेत्रको विकास निर्माणसहित विभिन्न योजना तथा कार्यक्रमहरुमा अनियमितताको गन्ध आएको दावीसहित चरणबद्ध भण्डफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका युवा नेता राजेश भेटवालले जानकारी दिएका छन।पार्टीसँगको समन्वयमा आइतबारदेखि चरणबद्धरुपमा वडा कार्यालयमा भएका अनियमितता, भ्रष्टाचार र योजना तथा कार्यक्रमका विषयमा देखिएका त्रुटीहरुबारे जानकारी गराउँदै चरणबद्धरुपमा भण्डफोर अभियानमा लाग्ने युवा नेता भेटवालले बताएका छन ।

भेलाले सुशन रिमालको सभापतित्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिमा उपसभापति उमेश मुक्तान, रविन्द्र जिम्बा, सचिवमा सानु लामा, शर्मीला मोक्तान, कोषाध्यक्ष विमिरा श्रेष्ठ, सहसचिव राजिन लामालगायत रहेका छन् । भेलाले खेलकुद विभाग संयोजकमा अरुण थापालाई चयन गरेको छ ।  नेपाली कांग्रेस मकवानपुरका उपभासपति विष्णु लामिछानेको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्लाका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलामा उपस्थित नेताहरुले प्रत्येक वडामा नेपाली कांग्रेसले यसैगरी रचनात्मकरुपमा स्थानीय सरकारको विरोध गर्नुपर्ने र स्थानीय तहमा भइरहेको अनियमितता तथा भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्नेमा जोड दिएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार