८ मंसिर, हेटौँडा । नेपाल तरुण दलको भ्रष्टाचारविरुद्ध अभियान अन्तरगत हेटौँडा–१९ वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । तरुण दल १९ नम्बर वडा इकाईले आइतबार वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
तरुण इकाई अध्यक्ष सुसन रिमाल नेतृत्वको टोलीले वडा सदस्य इन्दिरा लामालाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा वडा कार्यालयबाट पछिल्लो ३ बर्षमा विनियोजित बजेट विवरण, खर्च र फछ्र्यौट हुन बाँकी योजनाबारे जानकारी माग गरिएको छ । त्यस्तै, घरबाटो सिफारिस दिंदा झुटो व्यहोरा दिएर राज्यलाई आउने राजस्व छलिमा सहयोग गरेको, आलेचौर भालेखोला खानेपानी योजना सम्पनन नभएपनि खर्च फछ्र्यौट गरिएको र घटनामा संकलनलाई कारवाही किन नगरेको, विकास निर्माण कार्यमा मेसिन औजार चलाउन आफु अनुकुल योजना किन परिवर्तन गरियो, सार्वजनिक खरिद बमोजिम सामान खरिद नगरिएको लगायतका जानकारी माग गरिएको छ ।
ज्ञापनपत्रमा स्थानीय उद्योगधन्दाको वातावरणीय प्रभाव, समस्या र स्थानीयबासीलाई हुने अवसरबारे युवाहरुद्वारा बुझाएको ज्ञापनपत्रमा भएको छलफल र विकास निर्माणको नाममा नियम विपरित मेसिन औजार प्रयोग गरेर वन विनास गर्नुको कारण र फडानीका क्रममा प्राप्त काठ दाउराको अवस्थाबारे जानकारी माग गरिएको छ ।
आफुहरुले ७ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको र जनताको सूचना पाउने अधिकार अनुसार पनि वडालाई जानकारी उपलव्ध गराउन माग गरेको तरुण दल १९ नम्बर वडा अध्यक्ष रिमालले बताए । माग पुरा नभए तरुण दलले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिईएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



