Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसमा एमालेका नेतासहित ८९ जना प्रवेश

Hattisude-Photo-1486816908.jpg

२९ माघ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को दोस्रो चरणको प्रशिक्षण कार्यक्रम बकैयाँ गाउँपालिका अन्र्तगत ठिंगन, मन्थली, शिखरपुर, धियाँल तथा छतिवन गाविसको शनिबार हात्तिसुँढेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी दोस्रो चरणको कार्यक्रमअन्र्तगत नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनालको सभाध्यक्षता, नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा प्रशिक्षण कार्यक्रम भएको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रमूख अथिति राज्यमन्त्री बानियाँले समसामयिक राजनीतिक घट्नाक्रम, राजनीतिक तथा अहिलेको संविधानको विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । राज्यमन्त्री बानियाँले विकासको निम्ति आफूले यो क्षेत्र नम्बर १ को लागि आफूले अहिलेसम्म धेरै कार्य गरेको केही तत्वहरुले आफूलाई बदनामी गर्न लागिपरेको भन्दै  त्यस्ताको पछि नलाग्न कार्यकर्ताहरु आग्रह गरे ।
त्यस्तै अर्का प्रशिक्षक तथा अथिति, नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाले अहिले मकवानपुरमा काँग्रेसले विकास निर्माणको काममा सक्रिय भूमिका निभाईरहेकाले अव आउने स्थानीय निकायको चुनावमा जनतालाई पार्टीले गरेको कामको प्रचारप्रसार गरेर आम जनतासम्म पु¥याउन आग्रह गरे ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रामबाबु बानियाँ, सल्लाहाकार दामोदर सुवेदी, छतिवन, धियाँल, शिखरपुर, ठिंगन र मन्थली गाउँ सभापतिहरु भूमिनन्द गौतम, ज्ञानबहादुर थिङ, कृष्णबहादुर गोले, इन्द्रबहादुर स्याङतान र भीमबहादुर घिमिरे, महासमिति सदस्य धर्मराज लामिछाने, अर्जुन चौलागाईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा एमाले छतिवन गाविसका निवर्तमान अध्यक्ष शेरमान गोले, एमाले शिखरपुरका इलाका कमिटि सदस्य टंकबहादुर थिङ, राप्रपाका ठिंगन इकाई सचिव रामबहादुर घले, माओवादी केन्द्र छतिवन गाविसका सदस्य लालबहादुर खड्कालगायतका ८९ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै क्षेत्र नम्बर १ को तेस्रो चरणको प्रशिक्षण कार्यक्रम बाग्मती गाउँपालिका अन्तरगत बेतिनी, राईगाउँको फापरवारीमा प्रशिक्षक नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे र नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँबाट प्रशिक्षण दिने कार्यक्रम तय भएको काँग्रेस मकवानपुरका १ नम्बर क्षेत्रीय सभापति खनालले जानकारी दिए ।

Hattisude-Photo1-1486816908.jpg
Hattisude-Photo2-1486816908.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार