३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा तेस्रो स्थान हासिल गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।
उनले ४७३२ मत प्राप्त गरेका छन् । बानियाँ भन्दा अघि ललितपुरका मेयर चिरीबाबु महर्जनले ५३३० मत र प्रतिनिधिसभा सदस्य निश्कल राईले ४९५६ मत ल्याएका छन् । खुलातर्फ ४५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
कांग्रेस मकवानपुरको सभापति, बागमती प्रदेश सभापति, प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका बानियाँले महाधिवेशनको मतलाई पार्टी एकताबद्ध बनाउने जिम्मेवारीका रूपमा लिएको बताए । निर्वाचित भएपछि उनले कांग्रेसलाई थप बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका निर्णायक बनाउन पार्टी रूपान्तरणमा क्रियाशील रहने उनको भनाइ छ। उनले कांग्रेसलाई न्यायमुखी, आयमुखी, गरिबमुखी, विकासमुखी, गाउँमुखी र जनमुखी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
हेटौँडा–१८ हर्नामाडीका बानियाँ २०४४ सालदेखि राजनीतिमा सक्रिय छन्। नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा अघि बढेका उनी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यपछि २०७३ सालमा कांग्रेस मकवानपुरको सभापति बनेका थिए।
२०७८ मङ्सिरमा भएको कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशनबाट उनी प्रदेश सभापतिमा निर्वाचित भए। यसअघि उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित भएका थिए। त्यसपछि उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हाले।
२०७४ र २०७९ को निर्वाचनमा उनी मकवानपुर–२ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भए । २०७४ मा कांग्रेसको प्रदेश संसदीय दलको नेता बनेका बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री नियुक्त भएका थिए ।
बानियाँ नेतृत्वको सरकारले प्रशासनिक खर्च घटाउने उद्देश्यले बागमतीमा मन्त्रालय सङ्ख्या १४ बाट आठमा झार्ने निर्णय गरेको थियो। आर्थिक वर्ष २०८३८४ को सुरुवातसँगै निर्णय कार्यान्वयनमा ल्याइएको थियो ।
उनको नेतृत्वको सरकारले विपन्न परिवारका विद्यार्थीलाई चिकित्सा र इन्जिनियरिङलगायत प्राविधिक उच्च शिक्षामा पहुँच पुर्याउने कार्यक्रम अघि बढाएको थियो । आर्थिक अवस्थाका कारण प्राविधिक शिक्षा अध्ययन गर्न नसक्ने विद्यार्थीको अभिभावक प्रदेश सरकार बन्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बानियाँले सरकारको नेतृत्व गर्दा अघि सारेका गरिबमुखी, आयमुखी र न्यायमुखी प्राथमिकतालाई पार्टी रूपान्तरणको प्रतिबद्धतासँग जोडेका छन्। महाधिवेशन प्रतिनिधिको विश्वासलाई कायम राख्दै कांग्रेसलाई जनताका आवश्यकता र अपेक्षासँग जोड्न क्रियाशील रहने उनको सङ्कल्प छ। (रातोपाटीबाट)
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...




-nepal-1792111426.jpg)













