२ फागुन, हेटौँडा । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताईरहँदा मकवानपुरका राजनैतिक दलहरु पनि चुनावी माहोल बनाउन जुटेका छन् ।
पछिल्लो समय जिल्लामा रहेका राजनैतिक दलहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधि अघि बढाईरहेका हुन् । निर्वाचन लक्षित गर्दै निर्वाचन आयोगले दल दर्ताका लागि सूचना जारी गरेपछि राजनैतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्तासमेत गरेका छन् । उनीहरु अहिले गतिविधिलाई तल्लो तहसम्म पुर्याईरहेका छन् ।
नेपाली काँग्रेस
नेपाली काँग्रेस मकवानपुरले चुनाव लक्षित गर्दै चारवटै निर्वाचन क्षेत्रमा संगठन सुदृढिकरण अभियान संचालन गरेको छ । त्यस लगतै उसले चारवटै निर्वाचन क्षेत्रमा राज्य पुर्नसंरचना आयोगले विभाजन गरेको गाउँ पालिकास्तरीय प्रशिक्षण कार्यक्रम गरिरहेको छ । प्रशिक्षणसँगै काँग्रेसले विभिन्न पार्टीका नेता कार्यकर्ता आप्mनो पार्टीमा प्रवेशको कामलाई पनि जोड दिएको छ । नेपाली काँग्रेस पूर्ण रुपमा निर्वाचनमा केन्द्रित भएर संगठनको काम गरिरहेको बताउँदै जिल्ला सभापति इन्द्रबहादुर बानियाँले काँग्रेस तल्लो तहमा बढि भन्दा बढि आप्mनो नेतृत्व ल्याउने ढंगबाट अघि बढेको बताए ।
नेकपा एमाले
एमालेले ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान’ नाम दिएर चार महिने अभियान संचालन गरिरहेको छ । गाउँ–गाउँमा पुगेर निर्वाचन भएमात्रै संविधान कार्यान्वयन हुने जस्ता विषयलाई अवगत गराउने, ओली सरकारका विशेषता, स्थानीय तहको बजेटको प्रभावकारी कार्यान्वयन लगायत विषयमा तल्लो तहमा अवगत गराउने काम गरिरहेको जिल्ला कमिटि सदस्य एवं मकवानपुरगढी गाउँपालिका अभियानका उपप्रमुख नविन सिग्देलले बताए । त्यसैगरी, उसले पनि विभिन्न पार्टीका कार्यकर्ता आप्mनो पार्टीमा ल्याउने र अरु पार्टीमा गएका पुराना कार्यकर्ता फर्काउने काम गरिरहेको छ ।
माओवादी केन्द्र
प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी माओवादी केन्द्र पनि आप्mनो गतिविधि गाउँ तहसम्म पु¥याईरहेको छ । चुनावको तयारीमा जुट्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले निर्देशन दिएकाले जिल्ला तहमा पनि माओवादी केन्द्रले आप्mनो आन्तरिक गतिविधि बढाईरहेको छ ।
नयाँ शक्ति
नयाँ शक्ति नेपालले पनि निर्वाचनलाई लक्षित गरेर गतिविधिलाई तिब्र पारेको छ । नयाँ शक्तिले पछिल्लो समय रणनीतिक ढंगबाट गाउँ तहसम्म पुगेर आफ्नो उपस्थिति जनाईरहेको छ । हस्ताक्षर अभियान संचालन गरेर गतिविधि गरिरहेको नयाँ शक्तिले केही दिन अघि प्रशिक्षण गरेर ठोस निर्देशनका साथ नेता कार्यकर्ता परिचालन गरेको छ । उसले तल्लो तहदेखि माथिल्ला तहसम्म मतदाता संख्याको कम्तिमा ३ प्रतिशत सदस्यता वितरण गर्नै पर्ने निर्देशन दिएको छ ।
राप्रपा
लामो समयदेखि स्थानीय निकायको निर्वाचनको माग गरेको राप्रपा पनि निर्वाचन लक्षित गतिविधि गरिरहेको छ । केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर आफ्नो गाउँ, नगर, क्षेत्र र जिल्ला तहसम्मको समितिहरु पुर्नगठन गरेको राप्रपाका नेताहरु निर्वाचनलाई लक्षित गरेर गाउँ दौडाहामा छन् । उनीहरु पुराना कार्यकर्ता पार्टीमा फर्काउने र अन्य पार्टीका कार्यकर्ता भित्र्याउने रणनीतिमा छन् ।
माले
नेकपा माले मकवानपुरले पनि निर्वाचनको तयारीका लागि पार्टीले कार्यक्रम ल्याउन लागेको छ । दलहरुको अभिव्यक्तिले अझै स्थानीय तहको चुनाव हुनेमा अन्यौलता रहेपनि केही दिनमै रणनीतिक ढंगबाट चुनावी कार्यक्रम अघि बढाउने तयारीमा रहेको माले मकवानपुरका सचिव भीमसेन महतले बताए ।
केही दलले अझै चुनावबारे गतिविधि बढाएका छैनन् र कोही बहिस्कारको रणनीतिमा छन् । प्रमुख दलहरु निर्वाचन लक्षित गतिविधि लिएर गाउँ तहसम्म पुग्नुलाई मतदाताले पनि निर्वाचन हुने संकेतका रुपमा लिएका छन् । तर केन्द्रमा दलहरुको सत्ता केन्द्रीत गतिविधि बढि र निर्वाचनको मिति घोषणामा एकमत नभएकाले आशंका भने कायममै देखिन्छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















