Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उधौली, योमरी पुन्ही र धान्यपूर्णिमा एकै दिन

Yomari-Punya-1576127426.jpg

२६ मंसिर, हेटौँडा । साकेला उधौली र योमरी पुन्ही पर्व आज एकै दिन परेका छन् । किराँत र नेवार समुदायले आ–आफ्नो परम्पराअनुसार यी पर्व मनाइरहेका छन् ।
अन्नबाली भित्राईएको खुसीयाली तथा मानिस, जनावर र चराचुरुङ्गी लेकबाट बेँसीतिर झर्ने संकेत स्वरुप साकेला मनाउने चलन छ । अन्नबाली लगाउने बेला बैशाख पुर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्दछन् । किराँत समुदायका राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल आदि समुदायले स्थान र जातअनुसार पर्व मनाउने प्रचलन छ । पर्वका बेलामा बालबालिका, युवा, बृद्धबृद्धा सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रुपमा साकेला नाच्ने गर्दछन् ।
त्यसैगरी योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । नेवार समुदायले तिल, चाकु र खुवा राखेर बनाईएको नयाँ चामलको परिकार, योमरी खाएर योमरी पुन्ही पर्व मनाइरहेका छन् । नेवार समुदायले आज धान राख्ने भकारी वा कोठीमा पनि पूजा गर्ने गर्दछन् ।
यस्तै आजै धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार