Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जापानको लिग टोलीसँग मनाङ मस्र्याङ्दी पराजित

japan_kheladi_443178676_1-1576459111.jpg

३० मंसिर, हेटौंडा । रेलिगेशन विनाको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब  जापानको जेएफएल यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा आइतबार पराजित भएको छ ।दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको जापानी क्लबले सुखद नतिजा निकाल्दै स्वदेश फर्किने भएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको कृत्रिम मैदानमा मनाङले पाहुना टोली जेएफएललाई ३–० को नतिजा सुम्पिएको हो ।
भ्रमणकारी टोली जापानको टोलीलाई जिताउन जिन सिओयाले दुई तथा मासाहिको सुगिताले एक गोल गरे । यस अघि पहिलो खेलमा नेपाल निलोमाथि ४–० को जित निकालेको जापानी भ्रमण टोलीका लागि सिओयाले २८औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए ।  ३४ औं मिनेटमा सिओयाले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । 
दोस्रो हाफको अन्तिमतिर आक्रामक देखिएको मनाङ अगाडि बढेको मौकाको फाइदा उठाउँदै जापानी टोलीले अग्रतालाई झन फराकिलो पारेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा जापानका लागि सुगिताले गोल थप्दै जित सुनिश्चित गरेका थिए ।
यस अघि मनाङको कप्तान सम्हाल्दै आएका विराज महर्जन सहित केही खेलाडी अन्य ‘ए’ डिभिजन क्लबमा आबद्ध भएपछि कमल श्रेष्ठले मनाङको कप्तानी सम्हालेका थिए ।
शनिबारबाट सुरु भएको नयाँ सिजनको लिगमा मनाङले सोमबार विभागीय टोली एपिएफसँग खेल्दै लिगको सुरुआत गर्दै छ । 
मैत्रीपूर्ण खेलमा मनाङले भर्खरै मात्र अष्ट्रेलियाबाट आएका जगजित श्रेष्ठ र आदित्य चौधरीलाई भने मैदान उत्रारेको थिएन । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार