Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडाबाट गएका ‘जंगे’ देहव्यापारमा लगाएको आरोपमा पक्राउ

JangeP-1576576496.jpg

फोटो : नारायणी अनलाईन

१ पुस, चितवन । हेटौँडामा होटल व्यवसाय गरेर गएका जंगबहादुर क्षेत्री ‘जंगे’ सहित ३ जना युवति र किशोरीलाई बन्धक बनाएर देहव्यापारमा लगाएको आरोपमा पक्राउ परेका छन् ।
चितवन प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले होटलका सञ्चालक ५० वर्षीय जंगबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया रेसिका राईलाई युवति र किशोरीलाई बन्धक बनाई देहव्यापारमा लगाएको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडीमा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउस संचालन गरिरहेका जंगे दम्पत्तिले काठमाडौंबाट ल्याएका २२ बर्षीया युवति र १४ बर्षीया किशोरीलाई बन्धक बनाई देहव्यापारमा लगाएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरु गत कार्तिक २७ गते काठमाडौँबाट हराएका थिए । धरानकी राईले उनीहरुलाई त्यहाँ ल्याएको जनाईएको छ । अन्धकार कोठामा बन्धक बनाई देहव्यापारमा लगाएको उनीहरुलाई आफ्नो परिवारलाई खबर गरेपछि ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको छ । जंगे दम्पत्तिले हेटौँडा–१० मेनरोडमा संचालन गरेको होटलमा समेत देहव्यापार हुने गरेको थियो । हेटौँडाका संचारमाध्यमले पटक पटक समाचार प्रकाशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पटक पटक प्रहरीको निगरानीमा पर्न थालेपछि उनीहरु यहाँबाट चितवनमा गई सोही प्रकृतिको होटल संचालन गरिरहेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार