Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीको सफलता:अपहरण भएको ८ घण्टामा अपहरित व्यक्तिको उद्धार

IMG_20191218_181309-1576672131.jpg

२ पुस, हेटौंडा । मकवानपुर प्रहरीले अपहरणमा परेका एक जनालाई अपहरणमा परेको ८ घण्टा नबित्दै सकुशल उद्धार गरेको छ । प्रहरीले अपहरणमा परेका र घटनामा संलग्न भएको आरोपमा ५ जनालाई हेटौंडा ९ लाम्सुरेबाट नियन्त्रणमा लिएको हो ।
मकवानपुर प्रहरीले बुधबार बिहान  हेटौडा–४ स्थित फरेष्ट्रि गेट अगाडी अम्लेखगंजबाट काठमाण्डौ जादै गरेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा सवार रामेछाप दोरम्बा–५ का २१ बर्षीय नरेश थापा मगरलाई  बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका ३ जनाको समुहले कुटपिट गरी घरेलु हतियार देखाएर अपहरण गरी हेटौंडा ९ लाम्सुरेस्थित एक घरमा बन्धक बनाई राखेको अवस्थामा सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै अपहरणमा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको टोलिले ४  जना अपहरणकारी र बन्धक बनाईएको घरका घरधनीलाई पक्राउ गरेको बताएका छन् ।
प्रहरीले अपहरणमा संलग्न कैलाली धनगढी घर भई जिल्ला काठमाण्डौ ३ पुरानो बानेश्वर बस्ने २४ बर्षीय आशिष सिजापती, कन्चनपुर श्रीपुर–६ की २९ बर्षीया सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाँउपालिका वडा नम्बर ६ का कृष्ण गुरुङ, सोहि गाउँपालिका ४ का बा २ ज ५३५६ नम्बर ट्याक्सी चालक आशिक लामा र बन्धक बनाई राखेको घरका धनी हेटौंडा–९ लामसुरेकी ३६ वर्षीया सरस्वती तामाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले बताए । 
अपहरणकारीले मगरलाई छुटाउन गएका काभ्रेको मण्डनदेउपुर नगरपालिका ९ बस्ने २८ बर्षीय सरोज सापकोटालाई कुटपिट गरि घाइते बनाए थिए। उनीहरुमाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार