Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मानिकलाल स्मृति फुटवलको उपाधि सयपत्रीलाई 

footbal-fainal-2-1487512135.jpg

८ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लव सुनाचुरीले हात पारेको छ ।
आईतबार भएको फाइनल खेलमा सयपत्री युवा क्लव सुनाचुरीले ताम्सालिङ युवा क्लव कालिकाटारलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
पहिलो हुने सयपत्री युवा क्लवले ३० हजार नगद, सिल्ड र प्रमाणपत्र पाएको थियो भने दोस्रो हुन सफल ताम्सालिङले नगद १५ हजारसहित, सिल्ड र प्रमाणपत्र पाएको थियो ।
त्यसैगरी बेष्ट प्लेयर सयपत्रीका मनिष पौडेल, बेष्ट डिफेन्स र सर्वाधिक गोलकर्ता क्रमशः ताम्सालिङका सन्तोष बस्नेत र सुजन गुरुङ बन्न सफल भएका छन् ।
प्रतियोगिता संयोजक बीरेन्द्र जिम्वाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमूख अथिति नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद महालक्ष्मी उपाध्याय डिना, विशिष्ट अथिति काँग्रेस जिल्ला सचिव बुद्ध लामा, निवर्तमान सभापति रघुरमण न्यौपानेले विजयी खेलाडी तथा क्लवलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य ईश्वर रुम्बा, महासमिति सदस्य चित्रबहादुर थापा, नेपाल महिला संघकी ४ नम्बर क्षेत्री अध्यक्ष जानकी लामा, शिक्षक संघ सरिखेतका अध्यक्ष मिथुन रुम्बा, सिमन बिक, टेकबहादुर स्याङतानलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा मकवानपुर ४ नम्बर क्षेत्रका १२ टिमले सहभागिता जनाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार