Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडक्रस मनहरीको सभापतिमा नुरोज

Nuroj-1488115033.jpg

१५ फागुन, हेटौँडा । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको सभापतिमा नुरोज पौडेल विजयी भएका छन् । मनहरीमा आइतबार भएको पाँचौ अधिवेशनले पौडेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । पौडेलले अध्यक्षका प्रतिद्वन्द्वी भुवन जोशीलाई हराएका हुन् ।

पौडेलले २ सय ६६ मत प्राप्त गर्दा जोशीले १ सय ८६ मत मात्र प्राप्त गरेका थिए । यस्तै सदस्यमा शिवशंकर स्याङ्तान (२३८), मोहन थापा (२३८), सुमन कार्की (२५८), नरहरी सुवेदी (२२९), स्वतन्त्र उप्रेती (२११), गौतम लामा (२१०), प्रकाश सामरी (२१०) र शिवमान कार्की (२०९) विजयी भएका छन् । चुनावमा नेकपा एमाले र माओवादी केन्द्रको एउटा प्यानल बनेको थियो भने नेपाली काँग्रेस र राप्रपाको एउटा प्यानल बनेको थियो ।

चुनावमा काँग्रेस र राप्रपाको प्यानल विजयी भएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यता तथा उपशाखा सभापति मोहन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री लालबहादुर थापा, जिल्ला सदस्य पिताम्बर बास्तोला, निवर्तमान उपशाखा सभापति गोविन्द रिजाल, सानाकिसान सहकारीको तर्फबाट एकराज उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

४ बर्षीय कार्यकालको लागि सभापतिमा निर्वाचित भएका पौडेलले सामाजिक सेवामा निरन्तर लागिपर्ने हौसला बढेको प्रतिक्रिया दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार