१५ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र कैलाश गाउँपालिका अन्र्तगत वडा नं ३ र ४ को संयुक्त वडा भेला सम्पन्न आईतबार भएको छ । पार्टी पोलिटव्यूरो सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
३ नम्वर वडा कमिटी अध्यक्षमा जगतनाथ भुजेल अध्यक्ष रहने गरि २१ सदस्यीय कमिटि चयन भएको छ । जसको उपाध्यक्षमा अवतार सिं घलान, सचिवमा राममाया रिजाल,सहसचिवमा वालचन्द्र मल्ल, कोषाध्यक्षमा चन्द्र बहादुर सुनार रहेका छन् । त्यसैगरि ४ नम्वर वडा अध्यक्षमा तिलक मोक्तान अध्यक्ष रहने गरि १९ सदस्यीय कमिटि चयन भएको छ । जसको उपाध्यक्षमा सीताराम मोक्तन, सचिवमा सुनिता दोङ, कोषध्यक्ष मनोज प्रजा रहेको सञ्चार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।
जिल्ला आयोजक समिति सदस्य दीर्घ सिं मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५६ जना पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा कैलाश गाउँपालिका इन्चार्ज बालकुमार मल्ल, नरेन्द्र रिजाल लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी, नेकपा माओवादी केन्द्र मकवानपुरको राक्सीराङ चैनपुर गाउँपालिका अन्र्तगत वडा नम्वर २, ४ र ५ नम्वर वडामा भेला सम्पन्न भएको छ । केन्द्रीय सल्लाहकार राजमान वाइवाको अध्यक्षतामा भएको भेलामा केन्द्रीय कार्यालय सदस्य तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो । आइतबार भएको भेलामा वडा नम्वर २ मा नरबहादुर मोक्तानको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ । त्यसैगरी ३ नम्वर वडामा लालबहादुर थोकरको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन भएको छ ।
४ नम्वर वडामा राजबहादुर नेगीको अध्यक्षतामा १९ सदस्यीय कमिटी विस्तार गरेको छ । ५ नम्वर वडामा चन्द्रसिं प्रजाको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन भएको छ । कार्यक्रममा मकवानपुर जिल्ला पार्टी इन्चार्ज कुमारी मोक्तान, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष दीपक राई, राक्सीराङ चैनपुर गाउँपालिका इन्चार्ज प्रदिप घलान, वनस्तम थिङ, रामहरी नेपालीलगायतको आतिथ्यता रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)