२४ पुष, हेटौंडा । लिगको पुछारमा रहेको सरस्वती युथ क्लबलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजिन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा बिहीबार भएको खेलमा विभागीय टोली आर्मीले तालिकामा खाता खोल्न नसकेको सरस्वतीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।
बिहीबारको जितसँगै आर्मी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सम्पन्न ५ खेल मध्ये चार खेलमा जित र १ खेल गुमाएको आर्मीले १२ अंक बनाएको छ ।
आर्मीलाई स्पष्ट जित दिलाउनका लागि जर्ज प्रिन्स कार्कीको गोल निर्णायक बन्यो । ३० औं मिनेटमा कार्कीले गरेको गोलबाट आर्मीले जित निकाल्न सफल भएको हो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । र, साविक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई एक अंकले पछि पारेको छ ।
दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ । यस्तै सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा कुनै अंक जोड्न सकेको छैन ।
लिग अन्तर्गत बिहीबारै सम्पन्न अर्को खेलमा विभागीय टोली एपिएफमाथि ४–२ को जित निकाल्दै संकटाले जारी लिगमा दोस्रो जित निकालेको छ ।
दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे भने एपीएफका नबिन लामा र आशिष लामा लामाले एक÷एक गोल फर्काए ।
जितपछि संकटा लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११ औं स्थानमा रहेको छ ।
बिहीबारको खेल सँगै जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौ चरणका पनि खेल सकिएका छन् ।
आर्मी १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिँदा मनाङ ११ अंकका साथ तालिकाको दोस्रो, मच्छिन्द्र १० अंकका साथ तालिकाको तेस्रो, थ्री स्टार समान १० अंक भए पनि गोल अन्तरका आधारमा तालिको चौथो स्थानमा छ ।
पाँचौं चरणका खेल समापन हुँदा सरस्वती युथ क्लबले अहिले सम्म कुनै खाता खोलेको छैन् ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















