Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरगढी ५ भालुखोलामा महिलाको निशुल्क स्वास्थ्य शिविर

IMG_20200109_235353-1578593352.jpg

२४पुस, हेटौंडा। मकवानपुर गढी गाउँपालिका ५ मा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

मकवानपुरगढी गाउँपालिका वडा ५ भालुखोलामा रहेको श्रीकृष्ण मन्दिर परिसरमा महिलाको निशुल्क स्वास्थ्य शिविर  आयोजना गरिएको हो।  नेपाल ज्योतिष परिषद् मकवानपुरको आयोजनामा भएको शिविरमा  महिलाको स्तन र पाठेघरको परिक्षण गरिएको थियो । 

जसमा १७८ जना महिलाहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । परिक्षण गराएका मध्ये ३ जनामा समस्या देखिएको र ८७ जनामा  पाठेघरमा मातृसुरक्षा ठिक छ कि छैन भन्ने परिक्षण गरिएको छ भने उपकरण अपुगका कारण १० जनालाई भने हेटौंडा अस्पतालमा निशुल्क परिक्षण गराइने आयोजकले जनाएको छ । 

परिषद्को २२ औं स्थापनाको दिवस पारेर  स्वास्थ्य शिविर गरिएको परिषदका सल्लाहकार बासुदेब वत्सले बताए । नेपाल अर्बुद्धरोग निवारण संस्था मकवानपुरको सहकार्यमा बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरका स्त्री रोग विशेषज्ञहरुद्धारा परिक्षण गराइएको थियो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा सञ्चालन भएको स्वास्थ्य शिविरमा नेपाल अर्बुद्धरोग निवारण संस्था मकवानपुरका अध्यक्ष कापिला जोशी, निवारणकै केन्द्रीय कोषाध्यक्ष प्रकाश खतिवडा, अस्पतालका डा. अयोध्या पाठक, समाजसेवी कृष्ण प्रसाद सञ्जेल, नेपाल ज्योतिष परिषद्  प्रदेश ३ का उपसचिव गोविन्द सञ्जेल, उज्जवल दुग्द उत्पादक सहकारी का अध्यक्ष विष्णु प्रसाद घिमिरे लगायत विभिन्न टोलविकास संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार