Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

ए’ डिभिजन लिगः सातौं चरणका खेल शुक्रबारदेखि

A-division-football-15779-1579177066.jpg

२ माघ, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौं चरणका खेल शुक्रबारदेखि सुरु हुँदै छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौं चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न ३ बजेपछि सुरु हुनेछ । मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ । 
यसअघि खेलेको छैटौं खेलसम्म मछिन्द्रले अपराजित रहेर १३ अंक जोडेको छ । मछिन्द्रले ४ खेलमा जित तथा दुई खेलमा बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा छ । १३औं स्थानको शेर्पाले ६ खेलमा दुई हार र चार बराबरीसहित ४ अंक जोडेको छ । 
त्यसैगरी समान १३ अंकै जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ भने साबिक विजेता मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छ । मनाङको १२ अंक छ । 
छैटौं चरणको खेल समाप्तिसँगै १० अंक जोडेको थ्री स्टार क्लब चौथो, नौ अंक जोडेको जाउलाखेल क्लब पाँचौं, आठ अंक जाडेको न्युरोड टिम (एनआरटी) छैटौं, समान आठ अंक जोडेको नेपाल पुलिस क्लब सातौं तथा आठ अंक रहेको संकटा क्लब गोलअन्तरका आधारमा आठौं स्थानमा छ । 
त्यस्तै ७ अंकका साथ ब्रिगेड ब्वाइज क्लब नवौं, ६ अंकका साथ च्यासल युथ क्लब दशौं, ५ अंक रहेको सशस्त्र प्रहरी बल (एपिएफ) एघाराँै, समान ५ अंक जोडेको फ्रेन्डस क्लब बाह्रौं स्थानमा छ भने हिमालयन शेर्पा तेह्रौं स्थानमा छ । 
जारी लिगमा १ अंक मात्र जोडेको सरस्वती युवा क्लब पुछारमा छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार