Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्री शाह भारत प्रस्थान

1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
​प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्य छन् । यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित३५ जना सदस्य सहभागी छन् । 
​भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । भारतीय समकक्षी महामहिम नरेन्द्र मोदीसँग भोली प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ।
​भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्।
​भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी भोलि साँझ स्वदेश फर्कने तालिका छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार