Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोकिएन मनहरी गाउँपालिकामा हात्ती आतङ्क

FB_IMG_1579231825334-1579232096.jpg

मनहरी ३ को तोरी बारीमा देखिएको जंगली हात्ती

३माघ, हेटौंडा।विगत केही दिनदेखि मनहरी गाउँपालिकामा जंगली हात्तीको आतंक रोकिएको छैन।पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले बिगत एकसाता देखि हाडिखोला, मेलडाँडा दरदरेमा  आतङ्क मच्चाउदै आएको छ।

बिहान ,बेलुकाको समयमा हात्ती बस्तीमै आएर बालिनालिलाई नोक्सान गर्दै आइरहेको अवस्थामा शुक्रबार बिहान मनहरी गाउँपालिका ५ दरदरेमा हात्तीले फेरि आतङ्क मच्चाएको छ। हात्तीले घट्टमा पसेर पिठो र अन्न खानुका साथै घट्ट भत्काएको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक राजेश कुमार यादवले प्रष्ट खबरलाई बताएका छन्।

नायब निरीक्षक सहितको टोली हात्ती भएकै स्थानमा रहेको र संभावित घटनालाई मध्यनजर गरेर स्थानीयलाई सचेत गराइएको र हात्ती लाई जंगल तर्फ पठाउने प्रयास भइरहेको जनाइएको छ।हात्ती आतङ्क मच्चिएसंग बिहान बेलुका बिद्यालय जान र घर बजार आवतजावत गर्न कठिनाइ भएको स्थानिय बताएका छन्।पुस २८ गते सोमबार मनहरी गाउँपालिका ३ मेलडाँडामा हात्तीको आक्रमणमा परी स्थानिय ८० वर्षीया महिलाको मुत्यु भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार