Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

‘ए’ डिभिजन लिगः पुलिसको जित, मनाङ र थ्री स्टार बराबरी 

A-division-football-15779-1579352714.jpg

४ माघ, हेटौंडा । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अन्तर्गत शनिवारको खेलमा बिभागीय टोली नेपाल पुलिस क्लबले जित निकाल्दा साविक विजेता मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले  बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा पुलिसले जावलाखेल युथ क्लबमाथी २–० को जित निकालेको हो । पुलिसको जितका लागी सौजन राई र सुमन सुवेदीले १–१ गोल गरे । उनीहरुले क्रमशः खेलको २७ औँ र ४८ औँ मिनेटमा गोल गरेका हुन् । 
यस्तै शनिवारनै भएको दोश्रो खेलमा साविक विजेता टोली मनाङ मस्र्याङ्दीले थ्री स्टार क्लबसँग बराबरी खेलेको छ । मनाङ र थ्री स्टारले २–२ गोलको बराबरी खेलेका हुन् । 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारका लागि भारतीय खेलाडी लाल रम्मावियाले दुई गोल गरे भने मनाङका लागि अन्जन विष्टले पनि दुई गोल गरे । 
शनिवारको जितसँगै पुलिसले ७ खेलमा ११ अंक जोडेर लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित जावलाखेल ७ खेलमा ९ अंक जोड्दै लिगको छैटौं स्थानमा छ । 
यस्तै शनिवारको खेलमा बराबरीपछि मनाङले सात खेलमा १३ अंक बनाएको छ । तर गोल अन्तरका आधारमा मनाङ तेस्रो स्थानमा कायम छ । 
जारी लिगमा अपराजित रहने मनाङ एक्लो टिम बनेको छ । थ्रीस्टारको सात खेलमा ११ अंकका साथ पाँचौ स्थानमा झरेको छ । लिगमा शिर्ष तीन क्लवको समान १३–१३ अंक भएको छ । 
शिर्ष स्थानको आर्मीको छ खेलमा १३ अंक छ भने दोस्रो स्थानको मच्छिन्द्रको १३ अंक नै छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार