Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पिप्ले क्याम्पाडाँडा पूर्व प्रहरीको गस्ति कम भएको गुनासो

Chaughada-1579402490.jpg

५ माघ, हेटौँडा । हेटौँडा–५ पिप्ले क्याम्पाडाँडाभन्दा पूर्व प्रहरीको गस्ति कम हुने गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

शनिबार विहान क्याम्पाडाँडामा शव फेला परेपछि स्थानीय असुरक्षित महसुस गर्दै यस्तो गुनासो गरेका हुन् । ‘पिप्लेसम्म त प्रहरी सडकमा देखिन्छ, तर त्यस उता प्रहरी उपस्थिति सडकमा हुँदैन ।’–एक स्थानीयले भने । विगतमा क्याम्पाडाँडा, चौघडा क्षेत्रमा प्रहरीको गस्ति हुने गरेपनि अहिले त्यो निकै कम भएको छ । बेलुकी ९ बजेपछि विहान ५ बजेसम्म पिप्ले पूर्व प्रहरीको उपस्थिति कतै नदेखिने गरेको हेटौँडा औद्योगिक क्षेत्रमा जागिर गर्ने एक मजदुरले बताए । ‘चौघडा चौकी अगाडि चेकपोष्ट छ, तर त्यहाँ अहिलेसम्म प्रहरी बसेको देखेको छैन ।’–उनले भने–‘न बेलुका ९ बजेपछि चौघडा चौकीको गस्ति कतै हुन्छ ।’ चौघडामा अहिले प्रहरीको सुविधा सम्पन्न भवन बनेको छ । 
विगतमा निकै कष्टका साथ बस्नुपर्दा समेत प्रहरीले चौघडा, चुच्चेखोला, कुमलटार, पुतलीबजार, हात्तिलेट, रंगशाला, रामनगर क्षेत्रमा विहान, दिउँसो र बेलुका गस्ति गरेको स्थानीयको अनुभव छ । तर पछिल्लो समय प्रहरीले गस्ति गरेको स्थानीयले देख्न पाएका छैनन् । पछिल्ला प्रहरी सहायक निरीक्षक उपेन्द्र यादव र विरेन्द्र खड्काले चौघडा क्षेत्रमा गर्ने गरेको गस्ति अहिले पनि चौघडाबासी सम्झने गर्दछन् । ‘यि दुई असई हुँदा लागुऔषध दुव्र्यसनी रहने सम्भव्य क्षेत्रदेखि सडकमा प्रहरी उपस्थिति र बेलुका नियमित गस्ति हुन्थ्यो ।’–चौघडाका एक युवाले भने–‘अहिले कुनै घटना भएमात्रै प्रहरी पोशाक लगाएर मोटरसाइकल दौडाएको देखिन्छ ।’ नियमित गस्ति गर्दैन भने प्रहरीले के गर्छ भन्दै उनले प्रश्न गरे । मुल सडकमा शव भेटिन थालेपछि आफुहरु चिन्तित बनेको स्थानीयको गुनासो छ । चौघडा चौकीले यस क्षेत्रको शान्ति सुरक्षाका लागि स्थानीयसंगको समन्वयमा सुरक्षा रणनीति तयार गर्नुपर्ने स्थानीयको भनाई छ ।
हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले शान्ति सुरक्षाको प्रत्याभुति दिनु प्रहरीको दायित्व भएको भन्दै आफुले यसबारे सम्बन्धित निकायसंग कुरा गर्ने बताए । क्याम्पाडाँडादेखि ६ नम्बर वडा क्षेत्रको सुरक्षाको लागि विशेष चनाखो रहन प्रहरीसंग समन्वय गर्ने उनको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार