Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

Accident-1580024700.jpg

१२ माघ, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । काभ्रे, तनहुँ, झापा, चितवन, कञ्चनपुर, रुपन्देही र सिन्धुलीमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो ।
तनुहुँको आबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित सडकमा ग१७ प ६३४८ नम्बरको मोटरसाइकल ना१ ज ९८४७ नम्बरको म्याजिक भ्यानसँग ठक्कर खाँदा मोटरसाइकलमा सवार स्थानीय २१ वर्षीय चन्द्र थापाको मृत्यु भएको  छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक बन्दिपुर गाउँपालिका–१ छापका १९ वर्षीय आषिश आलेको उपचार भइरहेको छ ।
झापाको दमक नगरपालिका–१० नयलबारीस्थित सडकमा को३५ प १०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी नगरपालिका(९ बस्ने ३१ वर्षीय धिरेन तामाङको मृत्यु भएको छ । यता, काभ्रेको पाँचखाल नगरपालिका–५ सैंतिस किलोस्थित सडकमा बा।४ ख ११४५ नम्बरको टिपरले बा.८५ प ६०२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मण्डन देउपुर नगरपालिका–७ का ३२ वर्षीय प्रदिप श्रेष्ठको मृत्यु भएको छ ।  
चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रदेश नम्बर ३ ०२ ०१२ प ४४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ८६ वर्षीय गज बहादुर गुरुङको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्बास नगरपालिका–२ अम्रैयामा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट पैदलयात्री २४ वर्षीय कुल बहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । रुपन्देहीको मायादेबी गाउँपालिका–५ पर्सहवामा लु१७ प ७११२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टदा मोटरसाइकलमा सवार लुम्बिनी साँस्कृतिक नगरपालिका–१० महिलावारका १९ वर्षीय गोकर्ण तिवारीको मृत्यु भएको छ ।
यता, सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली मन्दिरस्थित सडकमा पनि बा४ ख ६९६ नम्बरको हाईस अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–११ गोठाटार बस्ने ३८ वर्षीय मोहन महर्जनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार