Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२५६ जना कांग्रेसमा प्रवेश, २४ जना सम्मानित

FB_IMG_1488980770409-1488981876.jpg

२५ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा २३, २४ र २५ को संयुक्त वडा ईकाई समितिले बुधबार बृहत बनभोज कार्यक्रम गरेको छ ।

बृहत बनभोज कार्यक्रममा ४८ सालमा जननिर्वाचित वडा अध्यक्ष भई हाल माओवादी केन्द्रमा रहेका लालबहादुर लुङ्वा, एमालेका पाण्डव बानियाँ, गोपाल बिक, रामबहादुर मुक्तान, राप्रपा क्षेत्रीय सदस्य निर्मला पण्डितलगायत २ सय ५६ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसमा लामो समयदेखि योगदान गरिरहेका ३ वटै वडाका २४ जनालाई सम्मान गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिका २४ नम्बर वडा सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षता एवम् केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख अातिथ्यता नेपाली कांग्रेस मकवानपुरका सभापति र नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ विशिष्ट अातिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विशिष्ट अथिति राज्यमन्त्री बानियाँले विभिन्न बहानामा अन्य केही दलहले गाउँ/गाउँ गएर केही थान फुटवल बाँड्दैमा जनता बलीको बोका नबन्ने भन्दै  स्थानीय निकायको चुनावमा विकास पक्षधरको साथमा लागि विकासप्रेमी नेता चुन्न जनतालाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार अशोक शाक्य, रिता खनाल, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, सचिवद्वय सुवातसिं थिङ र जनक धिताल, नगर सभापति आनन्दराम पराजुली, दलित संघ केन्द्रीय सदस्य पवित्रा बिश्वकर्मा, महासमिति सदस्य धर्म लामिछाने, विष्णुप्रसाद दाहाल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, दिलबहादुर सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार