Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गोली प्रहार गरी प्रहरीद्वारा ‘मोस्टवान्टेड’ अपराधी पक्राउ

Gun-Fire-1580286826.jpg

१५ माघ, रौतहट । नेपाल प्रहरीले गोली प्रहार गरी एक मोस्टवान्टेड अपराधीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत, बिहार मोतिहारी कुण्डवा चैनपुर थानाक्षेत्रको जटौलिया ग्राम पन्चायत वडा नम्बर ४ का शेख चाँद अली रहेका छन् । 
मंगलबार राति गस्तिमा रहेको प्रहरी टोली र भारतीय अपराधी अली समूहबीच दोहोरो भिडन्त भएको थियो । रौतटहको इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमानामा रहेको बकैया नदीको बाँधमा अली समूह र प्रहरी टोलीबीच भिडन्त भएको थियो । अली समूहको तर्फबाट गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा ‘मोस्टवान्टेड’ चाँदको खुट्टामा गोली लागेर घाइते भएका थिए । प्रहरीले ४ राउण्ड गोली चलाएको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए । 
प्रहरीले अली समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ । पक्राउ परेका अलीका अनुसार उनीसहित भारतीय अपराधी मोमताज, नेपाली नागरिक ओमप्रकाश साहको समूह रौतहटका व्यापारीसंग फिरौती लिन नेपाल आउँदै गरेको बताए । प्रहरीका अनुसार अलीको समूह रौतहटका विभिन्न घटनामा संलग्न रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार