२८ फागुन, हेटौडा । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले संविधान कार्यान्वयनको पक्षमा रहेको बताएका छन् ।
हेटौँडामा शनिबार मकवानपुरको पहिलो टेलिभिजन टिम टेलिभिजन र मकवानपुर सामुदायिक भिजन प्रालीको नवनिर्मीत भवन उद्घाटन एवं डिजिटल प्रसारण शुभारम्भ गर्दै नेता नेपालले नेकपा एमालेले संविधान कार्यान्वयनका लागि दवाव दिन मेचि–महाकाली अभियान थालेको बताए ।
संविधान कार्यान्वयनका लागि बैशाख ३१ गते स्थानीय निकायको निर्वाचनसहित २०७४ माघ ७ गतेसम्ममा सबै निर्वाचन सम्पन्न भई नयाँ सरकारले जिम्मेवारी लिनुपर्ने उनको जोड थियो । सामाजिक विद्वेष, हिंसा भड्काउन मधेशी मोर्चा र वर्तमान सरकार उद्धत रहेको भन्दै नेता नेपालले आफुहरु यसको विरोधमा रहेको बताए । मधेशी मोर्चाको इशारामा वर्तमान सरकारले राष्ट्रघाती काम गरिरहेको समेत उनको आरोप छ ।
कार्यक्रममा सांसद गणेश थापा, नेकपा एमालेका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्य बिरोध खतिवडा, क्षेत्रीय प्रशासक शम्भु कोइराला, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद दुवाडी, प्रहरी उपरिक्षक बसन्त लामा, टिम टेलिभिजनका प्रबन्ध निर्देशक भिमसेन महत, टिम टेलिभिजनका उपाध्यक्ष अशोक डंगोल लगायत जिल्ला तहका राजनीतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।
५० लाखको लागतमा टेलिभिजनको भवन निर्माण गरिएको टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडाले बताए । आफ्नै भवनबाट इन्टरनेटसहित डिजीटल केबल टोलिभिजन सञ्चालन गरिएको बताउँदै मकवानपुर सामुदायिक भिजन प्रालीका अध्यक्ष ध्रुब पराजुलीले अब केबलबाटै इन्टरनेट सेवा प्रदान गरिने जानकारी दिए ।
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...











-nepal-1792111426.jpg)






