Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुद्धा मिलाउन घुस लिने तत्कालिन सिडिओविरुद्ध मुद्धा दायर

Khagendra-1580724774.jpg

२० माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालिन सीडीओ खगेन्द्रप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको छ ।
अख्तियारले उपसचिव रिजालविरुद्ध ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गरी ५ वटा अभियोग पत्र दायर गरेको हो । सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेको छ । रिजालले एउटा मुद्दाका अभियुक्तसँग १ लाख ५० हजार रुपैयाँ नदिए ५ वर्षसम्म जेलमा थुनिदिन्छु भन्दै घुस लिए देखिएको अख्तियारको छ । यस्तै, रिजालले एकजना अभियुक्तलाई महिलासम्बन्धी मुद्दा लगाएर थुनिदिन्छु भन्दै ४ लाख रुपैयाँ घुस लिएको पृष्टि भएको पनि अख्तियारले जनाएको छ ।
अख्तियारले गरेको छानबिनका क्रममा रिजालले विभिन्न अभियुक्तसँग ४ लाख, ५० हजार, ९० हजार, ७७ हजार ६ सय र ३५ हजार रुपैयाँ गरी ६ लाख २१ हजार १ सय रुपैयाँ घुस लिएको देखिएको छ । अख्तियारले फरक प्रकरणको मुद्दामा लिइएको घुसको फरक–फरक तथ्यबाट अनुसन्धान गरी सोही अनुसार प्रतिवेदन बनाएर ५ वटा छुट्टछुट्टै अभियोग पत्र विशेष अदालतमा दायर गरेको छ । अख्तियारले ५ वटै अभियोग पत्रमा गरी कूल ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गर्दै ४ वर्ष २ महिना कैद सजाय मागदाबी गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार