२८ फागुन, हेटौंडा । स्थानीय निकायको चुनावी अभियान अन्तरगत नेपाली काँग्रेसले बकैया गाउँ पालिका अन्तरगत छतिवन गाविसको छुट्टाछुट्टै ३ स्थानमा शनिबार सभा गरेको छ ।
चुनावी अभियान अन्तरगत छतिवन गाविसको १, २ र ३ नम्बर वडाको हात्तिसुँडे, ४, ५ र ६ नम्बर वडाको छतिवनस्थित पार्टी कार्यालय र ७, ८ र ९ नम्बर वडाको कर्मप्राप्ती मावि कर्मचुलीमा काँग्रेसले अगुवा कार्यकर्ता एवं क्रियाशिल भेला सम्पन्न गरेको काँग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालले जानकारी दिए ।
छतिवन गाविसको ३ छुट्टाछुट्टै स्थानमा भएको कार्यक्रममा माओवादी केन्द्र छतिवनका सञ्जिव लामा, एमालेका डम्बरबहादुर थिङ, राप्रपाका धनबहादुर भोम्जनलगायत विभिन्न पार्टी परित्याग गरी ४९ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेको १ खनालले जानकारी दिए ।
हात्तिसुँडेमा भएको कार्यक्रममा छतिवन २ का सभापति भवनाथ ढकालको सभाध्यक्षता, पार्टी जिल्ला सभिच आनन्द कठायतको प्रमूख आथित्यता, अथितिहरु जिल्ला सदस्य गोपी अधिकारी, क्षेत्रीय सभापति दामोदर खनाल, महाधिबेशन प्रतिनिधि दिलबहादुर भोम्जन, पूर्व गाविस अध्यक्ष शेरमान गोले, शिक्षक संघका केन्द्रीय प्रतिनिधि तुलसी गिरी, लालबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै ४, ५ ६ नम्बरको छतिवन पार्टी कार्यालयमा ६ नम्बर वडा सभापति देवीप्रसाद अधिकारीको सभाध्यक्षता तथा पार्टी जिल्ला प्रवक्ता प्रदिप कोईरालाको प्रमूख आथित्यतामा कार्यक्रम भएको थियो भने ७, ८ र ९ मा महाधिबेशन प्रतिनिधी धर्मराज लामिछानेको सभापतित्व, पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माको प्रमूख आथित्यता, शिक्षक संघका केन्द्रीय सदस्य अर्जुन चौलागाई, दलित संघ जिल्ला अध्यक्ष अनिल विकलगायतको उपस्थितिमा अगुवा कार्यकर्ता तथा क्रियाशिल भेला सम्पन्न भएको थियो ।
२१ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...
२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...
२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...
२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...
२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...