४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय रहेकाे बताएकी छिन् ।
हेटाैडा-६ चाैघडामा रहेकाे रानी सामुदायिक वनकाे आईतवार भएको ३० औं वार्षिक साधारणसभामा मेयर लामाले समूहले वनकाे संरक्षणकाे साथै लाेपाेन्मुख सालककाे संरक्षण गरि प्रशंसनीय काम गरेकाे बताईन् ।
उनले समूहले संस्थागत विकास, महिलाकाे आर्थिक स्थितिमा सुधार लगायत वनडढेलाे नियन्त्रण, सामाजिक कामका साथै पर्यापर्यटनकाे काम गरि अन्य सामुदायिक वनलाई समेत प्रेरणाा दिएकाे बताइन् । साधारण सभामा ज्येष्ठ सदस्य गाेपाल राई र साेमकुमारी दुलाल, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशी, सव डिभिजन वन कार्यालय हेटाैंडाका प्रमुख बच्चुराम सुवेदी, अनिरुद्र खबर डटकमका सम्वाददाता अनिल पराजुलीलाई सम्मानित गरिएकाे थियाे ।
यसैगरी २०८२ सालकाे एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने सामुदायिक विद्यालयतर्फ सज्जित लामिछाने र प्रनिशा मानन्धर, संस्थागत विद्यालयतर्फ अनुसुया दाहाल र आयुष राईलाई पुरस्कृत गरिएको थियाे । भेलामा सालक उद्वारकर्ताहरुलाई समेत पुरस्कृत गरिएको थियाे ।
समूहका अध्यक्ष केशव धितालकाे अध्यक्षतामा भएको साधारणसभामा मकवानपुरगढी-३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, ३ नं वडा सदस्य विदुर हुमागाई, सव डिभिजन वन कार्यालय हेटाैंडाका प्रमुख बच्चुराम सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चाैलागाई, बागमती प्रदेश काेषाध्यक्ष नानीमाया रुम्बा, मकवानपुर अध्यक्ष साधुराम चाैलागाई, जनकल्याण साकाेस अध्यक्ष हिमाल पाैडेल, जागरण साकाेस अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशिल समाज साकाेस अध्यक्ष कृष्ण बिडारी, चुच्चेखाेला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी, अशाेक सामुदायिक वनकी सचिव सितु श्रेष्ठ लगायतकाे सहभागिता थियाे ।
समूहमा ८ सय ३७ घरधुरी आवद्व रहेकाे कार्यालय सचिव भीमसेन पाैडेलले बताए ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















