Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

किन त्यागे लोहनीले राप्रपा ? पढ्नुस् पत्र

Prakash-Chandra-Lohani-1489326491.png

२९ फागुन, काठमाडौं । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पार्टी त्यागको घोषणा गरेका छन् ।

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र लेख्दै पार्टी त्याग गरेको जनाएका छन् । अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुदै गइरहेको, पार्टीको चुनाव चिन्ह हलो छाडेको, सरकारमा जानेबारे आफूखुसी निर्णय गरेको, राजदूतलगायतका राजनीतिक नियुक्ति सिफारिसमा सल्लाह नगरेको, पार्टी सानो समूहको स्वार्थ पूर्तिको माध्यम बनेको लगायतका अारोप लोहनीको छ । 

यस्तो छ लोहनीको पत्र

श्री अध्यक्षज्यू

रा.प्र.पा.
कठमाडौ नेपाल

१) म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको  तपाईलाइ जानकारी गराउदछु । 

२) मैले २५ बर्ष देखि काम गरेको पार्टी छाड्न पर्दा मलाई दु:ख लागेको छ । २०४७ सालमा अन्य दलहरुबाट विभिन्न भौतिक र सांघातिक आक्रमण समेत सहेर यो पार्टीको स्थापनामा सहभागि भएको हुँ । त्यस्तै यो पार्टीका थुप्रै दस्तावेजहरु विगतका वर्षहरुमा मैले तयार गरेको हो । हालै मात्र पनि पार्टि एकता अधिवेशनमा पेश भएको एक महत्वपूर्ण कार्यपत्र मैले आफै तयार गरेको हु । तर पार्टी भित्र एकता महाधिवेशन पश्चात पार्टी विधानलाई उपेक्षा गर्ने, एकता महाधिवेशनको क्रममा भएका समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र अन्य स्वार्थपूर्तिको औजारमात्र बनाउने प्रबृति हावि भएको छ ।  यस्ता हरकत स्वीकार गरेर पाटी भित्र रहन नसक्ने मैले महसुस गरेको छु । 

३) एकता महाधिवेशनबाट पारित विधानमा पार्टीको नीति निर्माण गर्न र महत्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनु पर्ने र सो समितिमा सल्लाह र समझदारी गर्नु अनिवार्य थियो ।  साथै एकता माहाधिवेशन अगाडि निर्देशन समितिको गठन नयाँ केन्द्रिय समितिको पहिलो वैठकमै हुने समझदारी भएको हो । तर निर्देशन समितिको गठन गरिएन र पदाधिकारीको चयन लगायत मन्त्रीमण्डलमा जाने औचित्य बारे पनि कुनै छलफल गरिएन । यथार्थमा विधानको यो प्रावधानलाई जानी–जानि उपेक्षा गरियो ।  पार्टीलाई एकजना व्यक्तिको वा एउटा सानो झुण्डको स्वार्थपूर्ति गर्ने हतियारको रुपमा मात्र प्रयोग गर्न खोजेको स्पष्ट छ । यस्तो विधान विपरितका अधिनायकबादी क्रियाकलापहरु संग मेरो पूर्ण असहमति छ ।

४) पार्टीको एकीकरण अगाडि नयाँ पार्टीको झण्डा रा.प्र.पा .(नेपाल) को हुनेछ र चुनाव  चिन्ह ‘हलो’ हुने समझदारी भएको हो । यो प्रतिवद्धतालाई पनि ठाडै लत्याइएको छ । 

५) पार्टीले प्रचण्ड सरकारले पेश गरेको संविधान संसोधन विधेयकमा भारि असन्तोष व्यक्त गर्दै आएको हो र आवश्यक परे सरकारबाट वाहिरिने स्पष्ट गरेको थियो । रा.प्र.पा.का मान्त्रीहरुले समेत यही दृष्टिकोण जनता समक्ष पेश गरेका हुन् । अचानक यी सवै बुदाहरुमा पार्टी भित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो । यसबाट के स्पष्ट हुन्छ भने पार्टीका अध्यक्षले मधेसको समस्यालाई आफू पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेका छन् । 

६) हाम्रो देशको इतिहासमा नेपालको राष्ट्रियताको जगेर्ना गर्न, देशमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न र नेपाली जनताको स्वभिमान र आत्मसम्मान कायम राख्न नेपाली मधेसिहरुको ठूलो वलिदान र योगदान छ । तर मधेसि दलहरुले आफ्नो मागको संन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाई नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण छ । 

७) आज देश अशान्त छ । राजनीतिक भिडन्तमा सर्वसाधारण मरेका छन् । देशको सिमानामा समेत नेपाली मारिएका छन् ।  यसबारे केन्द्रिय समिति तुरुन्त बोलाई पार्टिमा व्यापक छलफल गर्नुको सट्टा संकटको फाइदा उठाई सरकारमा स्थान जमाउन र सरकार टिकाउन तयार हुन अवसरवादी चरित्र हो । देशमा संकट देखे पछि त्यस्लाई सत्तामा हालिमुहाली गर्ने मौकाको रुपमा प्रयोग गर्न उधृत सस्कार र प्रवृति प्रति मेरो गम्भीर असहमति रहेको छ । 

८) एकता अधिवेशन पछिको थोरै समयमा पनि देशमा महत्वपूर्ण मुद्दाहरु देखिएका छन् । एन्सेृल कम्पनिको कारोबारसंग गासिएको ३५ अरब राजस्व उठेका छैन । आज तामाकोसिको विद्युत सालाखाला एक मेगावाटको लागि रु १६ करोड पर्छ । यसको अर्थ नेपालमा ३५ अरबले दुइ सय मेगावाटको विद्युत उत्पादन हुन्छ र प्रचण्ड सरकार यो गुमाउन तयार देखिन्छ । यसबारे हालै क्याविनेटमा अर्थमन्त्रीको मौखिक प्रस्ताव बारे हाम्रो पार्टीको भनाइ के रह्यो रु हामीलाई थाहा छैन । के हामी यो नाङ्गो भ्रष्टाचारको समर्थन गर्न सत्तामा जान खोजेको हो रु कर अधिकृतस्तरले गर्ने निर्णय मन्त्री परिषदबाट संसारमा कहि नभएको मौखिक प्रस्ताव लगेर अख्तीयारबाट बच्ने कामलाई समर्थन गर्न के हाम्रो पार्टी सरकारमा गएको हो ? हाम्रो पार्टीका मन्त्रीहरु यसबारे मौन छन् भने पार्टी भित्र यसबारे कुनै छलफल छैन । तर हालको नेतृत्व सत्तामा नया पद पाउने वित्तीकै हामफाल्न तयार भयो । जुन कारण र नियतले माओवादीका अर्थमन्त्रीले संसदीय समितिको निर्देशन समेत नमानेर मौखिक ठाडो प्रस्ताव ल्याए त्यसमा हामी किन मतियार हुने र सत्तामा हामफाल्नेहरुको नियत के हो ? यस्ता प्रश्नलाई उपेक्षा गरेर सत्ता नै सवै थोक हो भन्ने मान्यतासंग मेरो सहमति छैन । 

९) राजदूत नियुक्तिबारे पनि नेतृत्वको कार्यशैली निरासाजनक छ । परराष्ट्र मन्त्रालयलाई समेत थाहा नभइ हाम्रो सहभागिता रहेको प्रचण्ड सरकारले राजदूत घोषणा गर्‍यो । भ्रष्टाचारको आरोप लागेकोलाई फेरी फिर्ता लियो र त्यस पछि पनि परिवर्तन गर्‍यो । हाम्रो पार्टी सत्तामा छ तर किन मौन भएर बस्छ रु के यो अराजकता र अनियमिततालाई हाम्रो पाटीको समर्थन छ ?'

१०) हाम्रो पार्टीले तीन राजदूतको नाम पठायो तर यसबारे पार्टीको कुनै निकायमा अध्यक्षले छलफल गरेका छैनन् । यसको मतलब रा.प्र.पा. के अध्यक्षको घरयासी अड्डा हो ? अझ अचम्म के छ भने राष्ट्रिय छापामा आए अनुरुप हामीले राजदूत राख्ने भनेको देशले राजदूताबास राख्न स्विकृति पनि दिएको छैन । विवाहको कुरो छिनिएको् छैन तर त्यो भन्दा अगाडि जन्ती लिएर जाने ? यस्तो अवस्थामा हामीले पार्टीको तर्फबाट भनी राजदूत सिफारिस गर्नु हास्यास्पद र लज्जास्पद कुरा हो ।  अझ यसबारे पार्टीमा कुनै छलफलनै भएको छैन । दासहरुको जमात जस्तो पार्टीलाई व्यवहार गर्ने वर्तमान नेतृत्वको शैलि र संस्कार मलाई मान्य छैन । 

११) माथिका मैले देखाएका विभिन्न कारणहरुको परिवेशमा एकता अधिवेशन पछिको राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुण्डको रुपमामात्र प्रयोग हुन थालेको छ । राजसंस्था र हिन्दु धर्म प्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थको लागि प्रयोग हुदैछ । भ्रष्टाचार प्रति आँखा चिम्लने संस्कारको जग वसाल्ने प्रयास भइरहेको छ । यो प्रवृति मलाई मान्य छैन । त्यसैले म आजबाट राप्रपा बाट अलग भएको छु । 

राप्रपामा देखिएको नितान्त अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुदै गइरहेको छ । यो नेतृत्वबाट राष्ट्रियताको सम्वर्धन हुदैन । भ्रष्टाचार माथि नियन्त्रण हुदैन र नेपाली जनताको समृद्धिको लागि कुनै योगदान हुदैन । देश र जनताको हितका लागि कार्यगर्न नसक्ने नेतृत्व रहेको पार्टीमा आबद्ध भइरहनु देश र जनताप्रति विश्वास घात गर्नु हो । यसर्थ म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनु परेको हो ।  

भविष्यमा देशमा समावेशि राष्ट्रियता, बहुलबादी प्रजातन्त्र , प्रगतिसिल उदारबाद, हिन्दु पहिचान र संसदद्धारा अनुमोदित राजसंस्था प्रति प्रतिबद्ध रहेर देश र जनताको हक–हित, अधिकार र स्वमिमानको संरक्षण गर्दै देश विकासमा निरन्तर सक्रिय रहनेछु । 

डा. प्रकाशचन्द्र लोहनी
२९ फागुन २०७३


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार