३० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सिमा निर्धारण गरेको छ ।
महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने छन् । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारले ३ लाख रुपैयाँ मात्रै खर्चन पाउने छन् ।
उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ५ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले २ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने अायोगले जनाएको छ ।
नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले २ लाखमात्रै खर्चन पाउने छन् । गाउँपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ३ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।
आयोगले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारले २ लाख ५० हजार र सदस्यका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने जनाएको छ ।
सीमाभन्दा बढी रकम खर्च गरेको पाइएमा आयोगले उम्मेदवारलाई कारबाही गर्न सक्नेछ र विजयी उम्मेदवारको चुनाव रद्द समेत गर्न सक्ने प्रावधान छ ।
अायोगले खर्च निर्धारण गरेसंगै कडा अनुगमनको खाँचो रहेको निर्वाचनसम्बन्धी जानकारहरू बताउँछन् ।
२१ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...
२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...
२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...
२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...
२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...