२ फागुन, हेटौंडा । नेपाल बैंक लिमिटेड हेटौंडाका शाखा प्रमुख (म्यानेजर) लाई काट्छु भन्दै खुकुरी देखाउने एकजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–४ चिल्ड्रेन पार्कका ४४ बर्षीय गजेन्द्रराज गिरी रहेका छन् । पक्राउ परेका गिरीले प्रमुखलाई काट्नु भन्दै सिरुपाते खुकुरी देखाईरहेको जानकारी आएपछि पुगेको प्रहरी टोलीले बन्दुक देखाएर गोली हान्ने चेतावनी दिएपछि गिरीले खुकुरी छोडेका थिए । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस्तो छ घटना विवरण
मिति २०७६।११।०२ गते अन्दाजी १२:०० बजेको समयमा जिल्ला मकवानपुर हेउमनपा वडा नं ४ स्थित नेपाल बैंकको शाखा हेटौंडा शाखामा जिल्ला मकवानपुर हेटौडा-४ चिल्ड्रेन पार्क बस्ने वर्ष ४४ को गजेन्द्र राज गिरीले बा ५ च २६२५ नम्बरकोको कारमा दाब सहितको खुकुरी लिएर आई दाबबाट खुकुरी निकाली उक्त बैंकका ब्रान्च मेनेजरलाई काट्छु भन्दै बैंक भित्र प्रवेश गरे पछि ब्रान्च मेनेजरले यस जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरे पश्चात यस कार्यालयबाट सादा पोशाकका प्र।स।नि नविन बिक्रम थापा सहित ५ जनाको टोली तत्काल उक्त बैंकमा खटी गई निजलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै खुकुरी प्रहार गर्न खोजेकोले प्रहरीले पेस्तोल ताकी गोली हान्छु भनेकोले खुकुरी सहित निजलाई नियन्त्रणमा लिएको उक्त घटनालाई बुझ्ने क्रममा मिति २०७६।११।०१ गते दिउँसो खाता संचालन गरी बैंकमा सुनको गरगहना धितो राखी पैसा निकाल्न सोही शाखामा आई शाखा प्रबन्धक सँग कुरा गर्दा सुनका गरगहनामा शंका लागी धितो राख्न नमाने पछि त्यहाँबाट तलाई म देखाउछु भनी धम्कि दिई निस्केकोमा पुन : मिति २०७६।११।०२ गते निजले उक्त गैह्र कानूनी कार्य गरेको तथा निजले प्रयोग गरेको बा ५ च २६२५ नं को कार समेत नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा निम्न सामानहरू फेला परेकोले खुकुरी, सवारी सहितनिजलाई नियन्त्रणमा लिई यस जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भैरहेको ।
साथै, निजले २०७६ कात्तिक महिनामा यस्तै प्रकृतिको कसुरमा सिम टि.भि.को कार्यालय तोडफोडमा संलग्न भएकोमा कारबाही गरी छाडिएको ।
निम्न
१) सिरुपाते खुकुरी थान १ (१६ ईन्च लम्बाई भएको)
२) नाईनस्टिक थान १
३) बेल्टको बक्कल फिट भएको चक्कु थान १
४) स्टिलको चाबी रिङ थान १
५) १०० m onerex को खाली बोतल थान १
६) १०० लेखेको स्काई कलरको १४ पिस (पेनेग्रा/भियग्रा)
७) हिङ १० पिस (१ वटा फुटेको)
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...



-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



