Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माअोवादी केन्द्रको तीन कार्यक्रम

FB_IMG_1489674706916-1489674737.jpg

३ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपालको मनहरी गाउँपालिका रजैयामा गाउँपालिका सम्मेलन सम्पन्न भएको छ ।

वाइसियल जिल्ला कार्यालय सदस्य तथा गाउँपालिका इन्चार्ज जिवन थिङको अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अतिथि पार्टीको पोलिट व्युरो सदस्य एवं जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु) रहेेका थिए । मुलुक हाक्ने जिम्मेवारी युवाहरुको काँधमा आएकोले अब युवाहरुले जिम्मेवारीपूर्ण ढंगले लाग्नुपर्ने भन्दै पुलामीले एमालेको अभियान मुलुकको समस्या समाधान गर्ने नभई द्वन्द निम्ताउने अभिप्राय झै भएको बताए ।

सम्मेलनले दिपेन्द्र अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा दिपक मुक्तान, सचिवमा विरेन्द्र गोपाली, सहसचिवमा हिरामाया लामा, कोषाध्यक्षमा दिपक प्रसाद भट्ट चयन भएका छन् ।

कार्यक्रममा वाइसियल फ्याक्सन इन्चार्ज प्रकाश पाण्डे, केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य ओम घलान, रामहरि सुवेदी, रामप्रसाद कालाखेती, जिल्ला आयोजक समिति सदस्य केशव सुवेदी लगायतको उपस्थिति  रहेको थियो ।

यस्तै, नेकपा (माओवादी केन्द्र) निकट पहरी राष्ट्रिय मुक्ति मोर्चा  नेपालको प्रथम सम्मेलन बागमति गाउँपालिका अन्तर्गत राईगाउँमा सम्पन्न भएको छ ।

जौवन पहरीको अध्यक्षतामा भएको कार्यक्रममा पहरी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव जनक पहरीको प्रमुख आतिथ्यमा भएको थियो । सम्मेलनले जीवन पहरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा आकाश पहरी, सचिवमा रेगजिव पहरी, कोषाध्यक्षमा सुनमाया पहरी चयन भएको समाचार प्राप्त भएको छ । जसको अतिथिहरुमा पार्टी केन्द्रीय आयोजक समिति सदस्य बक्ष्यु खड्का गोले, जिल्ला आयोजक समिति सदस्य फणेन्द्र लामा लगायत रहेका छन् ।

यता, नेकपा (माओवादी केन्द्र)को बकैया गाउँपालिका अन्र्तगत वडा नम्बर २ तिनथुम्केमा वाइसियल नेपाल र अनेमसंघ (क्रान्तिकारी) को वडा भेला सम्पन्न भएको छ । 

लाल बहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा वाइसियल फ्याक्सन इन्चार्ज प्रकाश पाण्डे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बकैया गाउँपालिका इन्चार्ज लक्ष्मी पाख्रिन, अनेमसंघ (क्रान्तिकारी) का केन्द्रयि सदस्य लक्ष्मी माझी, वाइसियल संयोजक जिवन गोले, अनेमसंघ (क्रान्तिकारी) का जिल्ला सचिवालय सदस्य कुमारी योञ्जन लगायत सहभागी थिए ।भेलाले २३ सदस्यीय वाइसियल र २१ सदस्यीय अनेमसंघ (क्रान्तिकारी)  निर्माण गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार