३ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपालको मनहरी गाउँपालिका रजैयामा गाउँपालिका सम्मेलन सम्पन्न भएको छ ।
वाइसियल जिल्ला कार्यालय सदस्य तथा गाउँपालिका इन्चार्ज जिवन थिङको अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अतिथि पार्टीको पोलिट व्युरो सदस्य एवं जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु) रहेेका थिए । मुलुक हाक्ने जिम्मेवारी युवाहरुको काँधमा आएकोले अब युवाहरुले जिम्मेवारीपूर्ण ढंगले लाग्नुपर्ने भन्दै पुलामीले एमालेको अभियान मुलुकको समस्या समाधान गर्ने नभई द्वन्द निम्ताउने अभिप्राय झै भएको बताए ।
सम्मेलनले दिपेन्द्र अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा दिपक मुक्तान, सचिवमा विरेन्द्र गोपाली, सहसचिवमा हिरामाया लामा, कोषाध्यक्षमा दिपक प्रसाद भट्ट चयन भएका छन् ।
कार्यक्रममा वाइसियल फ्याक्सन इन्चार्ज प्रकाश पाण्डे, केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य ओम घलान, रामहरि सुवेदी, रामप्रसाद कालाखेती, जिल्ला आयोजक समिति सदस्य केशव सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, नेकपा (माओवादी केन्द्र) निकट पहरी राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम सम्मेलन बागमति गाउँपालिका अन्तर्गत राईगाउँमा सम्पन्न भएको छ ।
जौवन पहरीको अध्यक्षतामा भएको कार्यक्रममा पहरी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव जनक पहरीको प्रमुख आतिथ्यमा भएको थियो । सम्मेलनले जीवन पहरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा आकाश पहरी, सचिवमा रेगजिव पहरी, कोषाध्यक्षमा सुनमाया पहरी चयन भएको समाचार प्राप्त भएको छ । जसको अतिथिहरुमा पार्टी केन्द्रीय आयोजक समिति सदस्य बक्ष्यु खड्का गोले, जिल्ला आयोजक समिति सदस्य फणेन्द्र लामा लगायत रहेका छन् ।
यता, नेकपा (माओवादी केन्द्र)को बकैया गाउँपालिका अन्र्तगत वडा नम्बर २ तिनथुम्केमा वाइसियल नेपाल र अनेमसंघ (क्रान्तिकारी) को वडा भेला सम्पन्न भएको छ ।
लाल बहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा वाइसियल फ्याक्सन इन्चार्ज प्रकाश पाण्डे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बकैया गाउँपालिका इन्चार्ज लक्ष्मी पाख्रिन, अनेमसंघ (क्रान्तिकारी) का केन्द्रयि सदस्य लक्ष्मी माझी, वाइसियल संयोजक जिवन गोले, अनेमसंघ (क्रान्तिकारी) का जिल्ला सचिवालय सदस्य कुमारी योञ्जन लगायत सहभागी थिए ।भेलाले २३ सदस्यीय वाइसियल र २१ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) निर्माण गरेको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















