१० फागुन, हेटौंडा । हेटौंडा–१७ मा चुच्चेखोला सामुदायिक वन समूहको आयोजनामा फागुन २ गतेदेखि भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा ८६ लाख ५० हजार रुपैंया संकलन भएको छ । शनिबार सम्पन्न महायज्ञमा शनिबार मात्रै ६ लाख ५० रुपैँया बराबरको सहयोग प्राप्त भएको आर्थिक समिति संयोजक राजन चौलागाईले बताए ।
बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालबाट एक लाख, मोतिदान कन्स्ट्रक्सनका संचालक रामबहादुर गौतमबाट ३ लाख रुपैँया बराबरको ४२० बोरा सिमेन्ट, व्यवसायी तुल्सीराम लामिछानेबाट ११ हजार लगायत सहयोग प्राप्त भएको छ । हेटौंडा वडा नम्बर १७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवं महायज्ञ मूल समारोह समितिका संयोजक अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्ष कल्पना पराजुली, मूल्यांकन समितिका संयोजक प्रेमप्रसाद लम्साल, अभियानकर्ता उद्धव शर्मा, कार्यालय सचिव केदार गौतम लगायतले मन्तव्य व्यक्त गरिएको थियो । कार्यक्रममा महायज्ञमा सहयोग गर्ने व्यक्तित्वलाई सम्मान गरिएको गरिएको थियो भने कथा वाचन टोलीलाई विदाई गरिएको थियो । महायज्ञमा ८० लाख रुपैँया आर्थिक सहयोग संकलन भएको छ । महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरेकी थिईन् ।
महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञको आयोजना गरिएको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















