४ चैत, काठमाडौं । निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ हटाउने भएको छ।
निर्वाचनका आयोगले राप्रपाको फागुनको पहिलो साता भएको एकता महाधिवेशनबाट पारित विधानमा रहेको ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र तथा राजसंस्थासहित’ वाक्यांश हटाएर विधान स्वीकृति गर्ने निर्णय गरेको हो।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले संविधानसँग बाझिएको विषयलाई हटाएर विधान स्वीकृत गर्नेे आयोगले निर्णय गरेको नागरिक न्यूजको समाचारमा उल्लेख छ ।
निर्वाचन आयोगको निर्णयप्रति विद्रोहको धम्की दिँदै उप प्रधानमन्त्री समेत रहेको राप्रपाको अध्यक्ष कमल थापाले आयोगको निर्णयिविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्।
‘यदि यो निर्णय सत्य हो भने राप्रपा अस्विकार गर्छ, कानुनी उपचार खोज्छौं। विचारलाई बन्देज लगाउने कार्य प्रजातान्त्रिक मान्यता विपरित छ,’ थापाले ट्विट गर्दै भनेका छन्।
संविधानले नेपाललाई ‘संघीयत लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र’को रुपमा व्याख्या गरेको छ।
‘संविधानले विचार स्वतन्त्रता ग्यारेन्टी गरेको छ। पार्टीको विचार निषेध गर्ने अधिकारी कसैलाई छैन। विचार निषेध गर्ने भए चुनावमा भाग लिनुको औचित्य रहन्न’ थापाले भने, ‘संविधानले हिन्दु राष्ट्र र राजसंस्थाको विचार लिएर जनतामा जान निषेध गरेको छैन।’
'विचार स्वतन्त्रतामा बन्देज लगाउनु चुनाव हुन नदिने षडयन्त्र हो। विचार स्वतन्त्रतालाई निषेध गर्ने हो भने निर्वाचन होइन विद्रोहको बाटो रोज्नुपर्ने हुन्छ । के हामीलाई त्यही बाटोतर्फ धकेल्न खोजेको हो ?' थापाले ट्विट गर्दै भनेका छन्, 'राप्रपा संविधान र संवैधानकि व्यवस्थासँग सहकार्य गर्दै आफ्नो मान्यता स्थापित गर्ने बाटोमा हिडेको छ। कृपया संवैधानिक बाटो अवरुद्ध नगरियोस।'
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















