Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सभापति देउवाको कदमले पार्टीलाई कमजोर बनायोः बरिष्ठ नेता पौडेल

IMG_4753-1583054503.JPG

१८ फागुन, हेटौंडा । नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको बिधान विपरित काम गरेर पार्टीलाई कमजोर बनाएको अरोप लगाएका छन् ।
उनले पार्टी सभापति देउवाले निर्वाचन आचारसंहिता विपरित १४ औं महाधिवेशन नजिकिँदै गर्दा पद र पैसा बाँडेर पार्टीलाई कमजोर बनाउन खोजेको आरोप लगाएका हुन् ।
नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले महाधिवेशनको मुखमा विभाग गठन गरेर आफ्नो व्यक्तिगत प्रभाव बढाउन खोजेको बताए । उनले सभापति देउवाले गठन गरेको विभागमा विधान विपरित भएकोले
 मान्न नसक्ने समेत बताए ।
यसैगरी पौडेलले पार्टी नेतृत्वकै कारण कांग्रेस प्रतिपक्षमा कमजोर भूमिकामा रहेको आरोप लगाए । सभापति देउवाकै कारण सरकारको कमजोरीको विरोध गर्न कांग्रेसपछि परेको पौडेलको भनाइ छ ।
उनले कम्युनिष्ट सरकार भ्रष्टाचार, अनियमिततामा लिप्त हुँदा समेत प्रतिपक्षले संसदमा खुलेर विरोध गर्न नसकेको बताए ।
बरिष्ठ नेता पौडेलले बर्तमान कम्युनिष्ट सरकार र यसका मन्त्रीहरु नीतिगत र संस्थागत भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै यो सरकारले जनताको पक्षमा केही गर्न नसक्ने ठोकुवा गरे ।
पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री शशांक कोइरालाले आफु निर्वाचित भएपछि सभापतिले विभाग गर्न आनाकानी गरेको तर महाधिवेशन नजिकिँदैै गर्दा विभाग गठन गरेर व्यक्तिलाई आकर्षित गर्न खोजिएको आरोप लगाए । उनले आफुखुशी विभाग बढाएर २८ बाट ४८ पु¥याएको दावी समेत गरे ।
महामन्त्री कोइरालाले देउवाले गरेको कुनैपनि गतिविधिमा आफ्नो सहमति नरहेको दाबी गर्दै पार्टीलाई नोक्सान हुने कार्यमा मात्र सभापतिले ध्यान दिएको आरोप लगाए ।
नेपाल प्रेस युनियनका मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा.रामशरण महत, केन्द्रीय सदस्य बलबहादुर केसी लगाएतको उपस्थिति रहेको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार