२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश गरेको छ ।
पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १ सय ६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका लागि निरोशन डिकवेलाले सर्वाधिक ५९ रन बनाए । ३७ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, लुम्बिनीका कप्तान रोहित पौडेलले २८ बलमा २१ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका थरिन्दु रत्नायकले २ तथा हेमन्त धामी र स्कट कुगलाइनले समान १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । ५१ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । सुदूरपश्चिमका डा. ईशान पाण्डेले ३३ बलमा २७ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।
बलिङतर्फ रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले समान १ विकेट लिए ।
लुम्बिनी लिगमा शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो हुँदै क्वालिफायर प्रवेश गरेका हुन् । लिग चरणमा लुम्बिनीले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा लुम्बिनीले सात खेलबाट ११ अंक जोड्यो ।
यता, सुदूरपश्चिमले भने ५ मा जित हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । ७ खेलबाट सुदूरपश्चिमले १० अंक जोड्यो ।
लुम्बिनी एनपीएलको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि आज हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...











-nepal-1793842721.jpg)





