Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

थाहा पाउनुहोस् : निर्वाचनमा कुन दिन के हुन्छ

Election-16-1489908222.jpg

६ चैत, हेटौँडा । स्थानीय तहको निर्वाचनको प्रक्रिया बैशाख १६ गतेबाट शुरु हुने भएको छ । बैशाख ३१ गते हुने मतदानका लागि बैशाख १६ गतेदेखि प्रक्रिया शुरु हुने भएको हो ।
पहिलो दिन बैशाख १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता तथा सूचि प्रकाशत हुनेछ । विहान १० देखि बेलुकी ५ बजेसम्म मुख्य/निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने ५ः३० बजे सूचि प्रकाशन हुनेछ । दोस्रो बैशाख १७ गते उम्मेदवारको विरोधमा उजुरी र मनोनयनपत्र जाँचको काम हुनेछ । विहान १० देखि दिउसो १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र १ बजेदेखि मनोनयन पत्र जाँचको काम हुने छ ।
तेस्रो दिन बैशाख १८ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन र उम्मेदवारी फिर्ताको काम हुनेछ । विहान ११ः३० सम्म मनोनयनपत्र जाँच गर्ने र विहान ११ः३० देखि दिउँसो १ बजेसम्म नामावली प्रकाशन हुनेछ । दिउँसो १ देखि अपरान्ह ५ बजेसम्म उम्मेदवारले आप्mनो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
चौथो दिन बैशाख १९ गते अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान हुनेछ । विहान १० देखि ११ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ भने विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको निर्वाचन चिन्ह प्रदान हुनेछ ।
अन्तिम तथा महत्वपूर्ण दिन बैशाख ३१ गते आइतबार स्थानीय तहका प्रतिनिधिका लागि मतदान हुनेछ । बैशाख ३१ गते विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुनेछ । सम्भव भएसम्म साँझबाट र नभए भोलीपल्टबाट मतगणना गरी अन्तिम नतिजा सार्वजनिक हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार